Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज कार्निभल सुरु, ग्राहकको उत्साहजनक सहभागिता

एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज कार्निभल सुरु, ग्राहकको उत्साहजनक सहभागिता

आर्थिक पत्र
शुक्रवार, चैत्र १३ २०८२
  • काठमाडौं । काठमाडौंमा आजदेखि एमएडब्लु वृद्धिको देशव्यापी मेगा एक्सचेन्ज कार्निभल औपचारिक रूपमा सुरु भएको छ। यस कार्निभलले लोकप्रिय इभी ब्रान्डहरू दिपल, अवतार, नामी र सेरेसलाई एउटै प्लेटफर्ममा प्रस्तुत गरेको कम्पनीले जनाएको छ। पहिलो दिनमै प्रविधिमा अब्बल र आकर्षक डिजाइनयुक्त इभीमा अपग्रेड हुन चाहने ग्राहकहरूको उत्साहजनक सहभागिता देखिएको छ।

    कार्यक्रम स्थल काठमाडौं  सिल्भरओक, पुल्चोकको सस्कार फाइन डाइन, राधेराधे हेरिटेज प्यालेस, दिपल र नामीका सोरुमहरूमा पनि यो कार्यक्रम रहेको कम्पनीले जनाएको छ । 

     ग्राहक लाभहरू प्रत्यक्ष नगद छुट, पुराना सवारीसाधनको उच्चतम् मूल्यांकन, उत्कृष्ट एक्सचेन्ज बोनस, निशुल्क बिमा तथा चार्ज प्याकेज र नेपालकै सबैभन्दा लामो एक्टेन्डेड वारेन्टी समेत रहेको छ । 

    कार्निभलमा रोबोटिक शो, किड्स जोन, विभिन्न खेल र फुड स्टलहरू राखिएका छन् जसले सबै उमेर समूहका आगन्तुकलाई रमाइलो र अन्तरक्रियात्मक अनुभव प्रदान गरिरहेको छ।बढ्दो इन्धन मूल्य, वातावरणीय सचेतना र आकर्षक एक्सचेन्ज सुविधाका कारण यो कार्निभलमा ग्राहकहरूको आकर्षण उल्लेखनीय देखिएको छ।

     

     

     
     
     
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार