Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले गरे पदबहाली

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले गरे पदबहाली

आर्थिक पत्र
शुक्रवार, चैत्र १३ २०८२
  • काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले पदबहाली गरेका छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेका हुन् ।

    उनी रुपन्देही १ बाट निर्वाचित सांसद हुन् । पेसाले इन्जिनियर रहेका लम्सालको राजनीतिक र प्राविधिक यात्राको संगमले उनलाई पूर्वाधार क्षेत्रको नेतृत्वमा पुर्‍याएको हो।

    २०४७ असोज १८ गते स्याङ्जाको कालीगण्डकी गाउँपालिका–बिर्घामा जन्मिएका लम्साल विगत तीन दशकदेखि रुपन्देहीको तिलोत्तमा–७ भलबारीमा बसोबास गर्दै आएका छन्। बोधराज र जमुना लम्सालका तीन छोरामध्ये माइलो सन्तान उनी सामान्य पारिवारिक पृष्ठभूमिबाट अघि बढेका हुन्।

    विद्यालय तहको अध्ययन रुपन्देहीमै पूरा गरेका उनले उच्च शिक्षा लुम्बिनी इन्जिनियरिङ कलेजबाट हासिल गरे। विद्यार्थीकालमै राजनीति सुरु गरेका उनी अनेरास्ववियुबाट स्ववियु सभापति समेत निर्वाचित भएका थिए।

    सिभिल इन्जिनियरिङमा स्नातक र संरचनात्मक इन्जिनियरिङमा स्नातकोत्तर गरेका लम्साल हाल काठमाडौँ विश्वविद्यालयमा ‘ठोस फोहर व्यवस्थापन’ विषयमा विद्यावारिधि गर्दै छन्। प्राविधिक रूपमा लागत, समयसीमा, गुणस्तर र अनुगमन प्रणाली स्पष्ट नगरी विकास सम्भव नहुने उनको धारणा छ।

    २०७९ को स्थानीय तह निर्वाचनपछि उनले काठमाडौँ महानगरपालिकामा प्रमुख बालेन्द्र शाहका पूर्वाधार सल्लाहकारका रूपमा काम गरेका थिए। फोहर व्यवस्थापनलाई सरसफाइ मात्र नभई जनस्वास्थ्य, वातावरण र मानवअधिकारसँग जोडिएको विषयका रूपमा बुझ्नुपर्ने उनको दृष्टिकोण छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार