Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा सार्वजनिक यातायात निःशुल्क

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा सार्वजनिक यातायात निःशुल्क

आर्थिक पत्र
आइतवार, चैत्र १५ २०८२
  • क्यानबेर्रा । देशमा इन्धनको मूल्य तीव्र रूपमा बढ्दै गएको र आपूर्तिमा समस्या देखिएपछि अस्ट्रेलियाको भिक्टोरिया राज्य सरकारले सार्वजनिक यातायात निःशुल्क गर्ने घोषणा गरेको छ । हाल अस्ट्रेलियाभर पेट्रोल र डिजेलको मूल्य प्रमुख बहसको विषय बनेको छ ।सयौँ पेट्रोल पम्पहरूमा इन्धन सकिएको रिपोर्ट आएका छन् भने उपलब्ध इन्धनको मूल्य द्वन्द्वअघि भन्दा ८५ प्रतिशतसम्म महँगो भएको छ । यस परिस्थितिलाई मध्यनजर गर्दै भिक्टोरियाका बासिन्दालाई राहत दिन अप्रिल महिनाभर बस, रेल र ट्राम निःशुल्क प्रयोग गर्न पाइने निर्णय गरिएको छ ।

    यस कदमले मानिसहरूलाई निजी सवारी भन्दा सार्वजनिक यातायात प्रयोग गर्न प्रेरित गर्ने र इन्धनको मागमा दबाब घटाउने विश्वास राज्य प्रमुखले व्यक्त गरेका छन् । इन्धन अभावको मुख्य कारण सर्वसाधारणले अतालिएर अत्यधिक खरिद गर्नु (प्यानिक बाइङ) भएको बताइए पनि सरकारले आपूर्ति नघटेको दाबी गरिरहेको छ । उता, क्विन्सल्यान्डमा पनि सन् २०२४ को मध्यदेखि सार्वजनिक यातायातमा ५० सेन्टको स्थिर भाडा लागू गरिएको छ । सुरुवातमा अस्थायी भए पनि लोकप्रियता बढेपछि सो भाडादर स्थायी बनाइएको थियो ।भिक्टोरियामा भने निःशुल्क सेवा अस्थायी मात्रै हुने बताइएको छ । जसका लागि करिब ७० मिलियन अस्ट्रेलियन डलर खर्च हुने अनुमान गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार