Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

अष्ट्रेलियाली शेयर बजारमा गिरावट, तेल मूल्य वृद्धिको असर

अष्ट्रेलियाली शेयर बजारमा गिरावट, तेल मूल्य वृद्धिको असर

आर्थिक पत्र
सोमवार, चैत्र १६ २०८२
  • सिड्नी । अष्ट्रेलियाको शेयर बजार सोमबार प्रारम्भिक कारोबारमै १.४ प्रतिशतले घटेको छ । विश्वव्यापी तेल मूल्य निरन्तर बढ्दै गएपछि बजारमा दबाब परेको हो ।

    एस एन्ड पी/एएसएक्स २०० सूचकाङ्क सोमबार कारोबार सुरु भएको पहिलो घण्टामै १.४ प्रतिशतले घटेर ८ हजार ३९७ अङ्कमा झरेको छ । यो सूचकाङ्क शुक्रबारको बन्द अवस्थामा रहेको ८ हजार ५१६.३ अंकबाट तल आएको हो ।

    सोमबार बिहानसम्म हेर्दा यो प्रमुख सूचकांक पछिल्लो एक महिनामा झण्डै ८.७ प्रतिशतले घटिसकेको छ ।

    मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्वव्यापी तेलको मूल्य प्रति ब्यारेल १२० अमेरिकी डलर नजिक पुगेको छ, जसले शेयर बजारमा नकारात्मक प्रभाव पारेको विश्लेषकहरूले बताएका छन् ।

    सोमबार बिहानको कारोबारमा विशेषगरी वित्तीय र स्वास्थ्य क्षेत्रमा बढी गिरावट देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार