Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

१३५० करोड कमाउँदै बलिउडको तेस्रो सफल फिल्म बन्यो ‘धुरन्धर–२’

१३५० करोड कमाउँदै बलिउडको तेस्रो सफल फिल्म बन्यो ‘धुरन्धर–२’

आर्थिक पत्र
मंगलवार, चैत्र १७ २०८२
  • मुम्बई । रणवीर सिंह अभिनीत फिल्म ‘धुरन्धरः द रिभेन्ज’ले बक्स अफिसमा नयाँ कीर्तिमान कायम गरेको छ । यो फिल्म बलिउडको इतिहासमै सबैभन्दा धेरै कमाउने तेस्रो फिल्म बनेको छ ।भारतीय मिडियाका अनुसार फिल्मले ११ दिनको छोटो अवधिमै विश्वव्यापी रूपमा १३५० करोड (भारु)  व्यापार गरेको छ । फिल्मले भारतीय बक्स अफिसमा मात्रै ८४६.८७ करोड रुपैयाँ सङ्कलन गरिसकेको छ ।रिलिजको दोस्रो हप्तामा पनि फिल्मको रफ्तार घटेको छैन । मार्च २९ (दोस्रो आइतबार) फिल्मले ६८.१० करोड रुपैयाँ कमायो भने मार्च २८ (शनिबार) ६२.८५ करोड रुपैयाँ सङ्कलन गरेको थियो । यही गति कायम रहेमा यसले आफ्नै अघिल्लो भाग ‘धुरन्धर’ को १४२८ करोडको रेकर्ड छिट्टै तोड्ने अनुमान गरिएको छ । हाल बलिउडको सबैभन्दा धेरै कमाउने फिल्मको सूचीमा आमिर खानको ‘दंगल’ पहिलो स्थानमा छ ।

    फिल्मले ‘आरआरआर’ र ‘केजीएफ च्याप्टर २’ को रेकर्डलाई उछिनिसकेको छ । यद्यपि, यो अझै पनि ‘पुष्पा २’ र ‘बाहुबली २’ भन्दा पछि छ । भारतीय बक्स अफिसको कुरा गर्दा ‘बाहुबली २’ १४२९ करोडका साथ पहिलो, ‘पुष्पा २’ दोस्रो र ‘धुरन्धर २’ तेस्रो स्थानमा रहेका छन् । ‘दंगल’ले विश्वव्यापी रूपमा धेरै कमाए पनि यसको घरेलु कलेक्सन ५११ करोड मात्र थियो, यसको ठुलो हिस्सा वैदेशिक बजारबाट आएको थियो ।फिल्मको सफलताका कारण निर्देशक आदित्य धरको पनि एक रेकर्ड बनाउन सफल भएका छन् । उनी बलिउडका यस्ता एक्ला निर्देशक बनेका छन्, जसका लगातार दुई वटा फिल्मले १ हजार करोडभन्दा बढीको व्यापार गरेका छन् । उनीअघि दक्षिण भारतीय फिल्मका निर्देशक एसएस राजामौलीले ‘बाहुबली’ र ‘बाहुबली २’ मार्फत यो सफलता हासिल गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार