Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

थ्रीजी सेवा बन्द गर्दै टेलिकम, फोरजी सेवामा रूपान्तरण गर्ने

थ्रीजी सेवा बन्द गर्दै टेलिकम, फोरजी सेवामा रूपान्तरण गर्ने

आर्थिक पत्र
बुधवार, चैत्र १८ २०८२
  • काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै थ्रीजी सेवालाई फोरजीमा क्रमशः रूपान्तरण गर्ने कार्य अघि बढाएको छ । 

    टेलिकमले थ्रीजी सिम प्रयोग गरिरहनु भएका ग्राहकहरूलाई सिम परिवर्तनका लागि भ्वाइस कल तथा एसएमएस मार्फत जानकारी गराइएको छ । 

    सम्बन्धित ग्राहकहरूले आफ्नो पुरानो सिमलाई फोरजी सिममा निःशुल्क रूपान्तरण गर्न सक्ने जनाएको छ । यसका लागि ग्राहकले पायक पर्ने नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । 

    फोरजीमा परिवर्तन गर्न ग्राहकले नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमति पत्र लगायत आफ्नो पहिचान खुल्ने कुनै आधिकारिक परिचयपत्रहरू देखाएर नयाँ फोरजी सिम लिन सक्ने टेलिकमले जनाएको छ ।

    नेपाल टेलिकमले थ्रीजी प्रयोगकर्तालाई फोरजीमा रूपान्तर गर्ने कार्यलाई तीव्र बनाएको छ । थ्रीजी भन्दा फोरजी प्रविधिको सिम चलाउँदा मोबाइल इन्टरनेटको गति र सेवाको गुणस्तरमा सुधार हुने भएकाले यसबाट ग्राहकलाई फाइदा हुने कम्पनीको विश्वास छ । 

    यसका साथै आफ्नो सिम फोरजी प्रविधिको हो वा होइन भन्ने थाहा पाउनका लागि *444# डायल गर्न सकिन्छ । यसबाट फोरजी सेवा सक्रिय गर्नुका साथै उच्च गुणस्तरको भोल्टी सेवा समेत सहजै सक्रिय गर्न सक्ने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार