Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपालमा सार्वजनिक, मूल्य १० देखि ४५ लाखसम्म

प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपालमा सार्वजनिक, मूल्य १० देखि ४५ लाखसम्म

आर्थिक पत्र
बिहिवार, चैत्र १९ २०८२
  • काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरिएको छ। नेपालका लागि आधिकारिक वितरक वैद्य अर्गनाइजेशनले विभिन्न भेरियन्टसहित उक्त ब्रान्ड सार्वजनिक गरेको हो।

    कम्पनीका अनुसार मोर्बिडेलीका विभिन्न मोडेल नेपाली बजारमा उपलब्ध गराइएको छ। जसअनुसार मोर्बिडेली टी५०२एक्स (T502x) को मूल्य १३ लाख ४९ हजार रुपैयाँ तोकिएको छ। त्यस्तै एफ२५२ र टी३५२ एक्स (F352 र T352x ) को मूल्य ९ लाख ९६ हजार ९०० रुपैयाँ,  टी १००२ भीएक्स (T1002vx ) को मूल्य ४४ लाख ९९ हजार ९०० रुपैयाँ तथा सी२५२भी (C252V) को मूल्य ९ लाख ६९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ।

    यससँगै नक्सालमा नयाँ शोरूम सञ्चालनमा ल्याइएको छ, जहाँ ग्राहकहरूले प्रिमियम मोटरसाइकलको प्रत्यक्ष अनुभव लिन सक्नेछन्। ग्राहक सेवालाई प्राथमिकता दिँदै कम्पनीले तिनकुने मा सर्भिस सेन्टर सञ्चालन गरिरहेको छ भने निकट भविष्यमा उत्तरढोकामा थप सर्भिस सेन्टर विस्तार गर्ने योजना रहेको जनाएको छ।

    प्रिमियम डिजाइन, शक्तिशाली इन्जिन र रेसिङ हेरिटेजका लागि परिचित मोर्बिडेलीले नेपाली बजारमा उच्चस्तरीय राइडिङ अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ।

    करिब पाँच दशक लामो व्यावसायिक अनुभव बोकेको वैद्य अर्गनाइजेशनले यसअघि प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरलाई नेपाली बजारमा भित्र्याएर उल्लेखनीय सफलता हासिल गरिसकेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार