काठमाडौं। चलचित्र विकास बोर्डले सोमवार सार्वजनिक गरेको पछिल्लो बक्स अफिस रिपोर्ट अनुसार सिनेमा हलमा प्रदर्शन फिल्म ‘आ बाट आमा’ ले कुल १३ करोड १३ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको छ ।गत माघ १७ गतेदेखि प्रदर्शनरत यो फिल्मको हालसम्म कुल ५ लाख ४ हजार २ सय ७५ वटा टिकट विक्री भैसकेका छन् । जस अनुसार फिल्मले कुल १३ करोड १३ लाख ६१ हजार ५ सय २० रुपैयाँ आम्दानी गर्न सफल भएको हो ।
चैत २१ गते शनिवार राति ११ः५९ बजेसम्मको तथ्यांक अनुसार अघिल्लो सातादेखि प्रदर्शनमा आएको फिल्म ‘हामी तीन भाइ’ ले यो अवधिमा कुल ६ लाख ३२ हजार ३ सय ४४ रुपैयाँ आम्दानी गरेको छ । यो फिल्मको कुल २२ सय ८५ वटा टिकट विक्री भएका छन् ।साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ चैत्र २१ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः२ बक्सअफिस कलेक्सन ।

