Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

एनएमबी लघुवित्तमा कर्मचारी माग

एनएमबी लघुवित्तमा कर्मचारी माग

आर्थिक पत्र
मंगलवार, चैत्र २४ २०८२
  • काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयका लागि विभिन्न पदमा कर्मचारी आवश्यक भएको भन्दै दरखास्त आह्वान गरेको छ। नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको उक्त संस्थाले खुला प्रतिस्पर्धाबाट योग्य नेपाली नागरिकबाट आवेदन मागेको हो।

    संस्थाले वित्त व्यवस्थापन/आन्तरिक लेखा परीक्षण, सूचना प्रविधि, कृषि प्राविधिक, शाखा प्रमुख/फिल्ड सहायक तथा सहायक प्रशिक्षार्थी पदमा केही संख्यामा कर्मचारी भर्ना गर्ने जनाएको छ।

    वित्त व्यवस्थापन/आन्तरिक लेखा परीक्षण तर्फ अधिकृत श्रेणीका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट सीए/सेमी सीए वा व्यवस्थापन विषयमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा अधिकृत स्तरमा २ वर्षको कार्यअनुभव भएको हुनु पर्नेछ। सूचना प्रविधि तर्फ अधिकृत/सहायक श्रेणीका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट सूचना प्रविधि विषयमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा ४ वर्षको कार्यअनुभव भएको हुनु पर्नेछ।

    कृषि प्राविधिक पदका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट आई.एस्सी एजी/भेटेरिनरी/जेटिए परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ। साथै ग्रामीण क्षेत्रमा गई कृषि तथा पशुपालन सम्बन्धी प्राविधिक सेवा प्रदान गर्ने, पशुपक्षी सम्बन्धी उपचार, परामर्श तथा तालिम दिने सम्बन्धमा १ वर्षको कार्यअनुभव आवश्यक पर्ने जनाइएको छ। त्यसैगरी शाखा प्रमुख/फिल्ड सहायक पदका लागि कम्तीमा प्रवीणता प्रमाणपत्र तह (प्लस टु) वा सो सरहको परीक्षा उत्तीर्ण गरी शाखा प्रमुख वा फिल्ड सहायकको जिम्मेवारीमा २ वर्षको अनुभव भएको हुनु पर्नेछ। सहायक प्रशिक्षार्थी पदका लागि भने कम्तीमा प्रवीणता प्रमाणपत्र तह (प्लस टु) वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ।

    अधिकृत श्रेणीका लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र सहायक श्रेणीका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला आवेदकको हकमा माथिल्लो उमेर हदमा ५ वर्ष थप सुविधा दिइनेछ। सहायक प्रशिक्षार्थी पदका लागि लिखित, अन्तर्वार्ता वा दुवै माध्यमबाट परीक्षा लिइनेछ भने अन्य पदका लागि अन्तर्वार्ता मात्र हुनेछ। शर्ट लिष्ट, परीक्षा तथा अन्तर्वार्तासम्बन्धी जानकारी संस्थाको वेबसाइटमा राखिने बताइएको छ।

    इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मिति (चैत २३ गते) ले १५ दिनभित्र कार्यालय समयभित्र संस्थाको वेबसाइटमा गई अनलाइन मार्फत आवेदन दिन सक्नेछन्। सवारी चालक अनुमतिपत्र प्राप्त, कम्प्युटरमा दक्ष तथा नेपालको ग्रामीण क्षेत्रमा गई फिल्डमा काम गर्न इच्छुक उम्मेदवारलाई प्राथमिकता दिइने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार