Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

आर्थिक पत्र
मंगलवार, चैत्र २४ २०८२
  • काठमाडौं । राष्ट्र बैंकको डेपुटी गभर्नरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको रिक्त दुई डेपुटी गभर्नरमध्ये एकमा पण्डितलाई नियुक्त गरेको हो ।

    संघीय मामिला तथा प्रशासनमन्त्री प्रतिभा रावलका अनुसार, अर्थ मन्त्रालयले गरेको प्रस्तावमा उनलाई डेपुटी गभर्नर नियुक्त गरिएको हो ।

    पण्डित विसं २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका हुन् । उनले बैंक सुपरीवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायत विभागमा रहेर काम गरिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार