Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नयाँ वर्षमा हायरको आकर्षक अफरः फ्री गिफ्टदेखि ६५ इन्च टीभीसम्म जित्ने मौका

नयाँ वर्षमा हायरको आकर्षक अफरः फ्री गिफ्टदेखि ६५ इन्च टीभीसम्म जित्ने मौका

आर्थिक पत्र
मंगलवार, चैत्र २४ २०८२
  • काठमाडौं । नयाँ वर्ष २०८३ को अवसर पारेर हायरले आफ्ना विभिन्न घरायसी उपकरणमा विशेष छुट तथा उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले फ्रिज, वासिङ मेसिन, टेलिभिजन, एयर कन्डिसनरलगायतका उत्पादन खरिद गर्दा ग्राहकले फ्री गिफ्ट, क्यासब्याक र बम्पर उपहार जित्ने अवसर पाउने जनाएको छ ।

    कम्पनीका अनुसार रेफ्रिजेरेटरअन्तर्गत सिङ्गल डोर फ्रिज खरिद गर्दा महाराजा ड्राइ आइरन, डबल डोर फ्रिजमा महाराजा स्टिम आइरन तथा साइड–बाइ–साइड फ्रिज खरिद गर्दा ५० लिटर क्षमताको हायर फ्रिज उपहार दिइनेछ ।

    त्यस्तै, वासिङ मेसिन खरिद गर्ने ग्राहकलाई पनि विशेष उपहारको व्यवस्था गरिएको छ । सेमि–अटो वा टप लोड वासिङ मेसिनमा महाराजा ड्राइ आइरन र फ्रन्ट लोड वासिङ मेसिनमा ५०० वाट क्षमताको महाराजा मिक्सर ग्राइन्डर–नोभेलो उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।

    एयर कन्डिसनर (एसी) खरिद गर्ने ग्राहकका लागि तीन हजार रुपैयाँ बराबरको निःशुल्क जडान सुविधा उपलब्ध हुनेछ । साथै, चेस्ट फ्रिजर र भीसी कुलरमा २० प्रतिशतसम्म क्यासब्याक तथा माइक्रोवेभ ओभन र एलइडी टीभी खरिदमा पनि २० प्रतिशतसम्म क्यासब्याक दिइने व्यवस्था गरिएको छ ।

    हायरले अफरलाई अझ आकर्षक बनाउन ‘बम्पर अफर’ समेत ल्याएको छ। यसअन्तर्गत साप्ताहिक ‘लक्की ड्र’ मार्फत विजेतालाई महाराजा मिक्सर ग्राइन्डर प्रदान गरिनेछ भने ग्रान्ड प्राइज अन्तर्गत एक जना भाग्यशाली ग्राहकले ६५ इन्चको हायर एलइडी टीभी जित्ने अवसर पाउनेछन् । यसका अतिरिक्त ‘सेयर एन्ड विन’ योजनाअन्तर्गत ग्राहकले हायरको पोस्ट फेसबुक र इन्स्टाग्राममा सेयर गरेर सिंगल डोर फ्रिज जित्न सक्नेछन् ।

    यो अफर चैत्र २३ गते (सोमबार) देखि लागू भई सीमित अवधिसम्म मात्र कायम रहने कम्पनीले जनाएको छ ।

    नयाँ वर्षको अवसरमा ग्राहकलाई गुणस्तरीय उत्पादनसँगै थप लाभ प्रदान गर्ने र ग्राहकसँगको सम्बन्ध अझ सुदृढ बनाउने उद्देश्यले योजना ल्याइएको कम्पनीको भनाइ छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार