Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

ई–बुकिङ नेपाल र पाटन स्टे एसोसिएसनबीच रणनीतिक सहकार्य, हेरिटेज पर्यटन प्रवर्द्धनमा जोड

ई–बुकिङ नेपाल र पाटन स्टे एसोसिएसनबीच रणनीतिक सहकार्य, हेरिटेज पर्यटन प्रवर्द्धनमा जोड

आर्थिक पत्र
मंगलवार, चैत्र २४ २०८२
  • ई–बुकिङ नेपाल प्रा. लि. र पाटन स्टे एसोसिएसनबीच पाटन क्षेत्रको हेरिटेज पर्यटन प्रवर्द्धन तथा डिजिटल बुकिङ प्रणाली विस्तार गर्ने उद्देश्यले रणनीतिक सहकार्य सम्झौता भएको छ ।पाटन स्टे एसोसिएसनले पाटन हेरिटेज क्षेत्रभित्र रहेका होमस्टे, हेरिटेज होम, बिएनबी, होटल, लज तथा अपार्टमेन्टहरूको प्रतिनिधित्व गर्दछ । सो सहकार्यअनुसार ई–बुकिङ नेपाल एसोसिएसनका सदस्य सम्पत्तिहरूको एक्सक्लुसिभ डिजिटल बुकिङ पार्टनर रहनेछ ।सम्झौता पत्रमा पाटन स्टे एसोसिएसनका अध्यक्ष प्रकाश राजभण्डारी र ई–बुकिङ नेपाल प्रा. लि.का प्रमुख सञ्चालन अधिकृत (सीओओ) अनिल रिजालले हस्ताक्षर गरेका छन् ।

    यस सहकार्यमार्फत पाटन क्षेत्रका सहभागी आवास सेवाहरूलाई एउटै अनलाइन प्लेटफर्ममा ल्याइनेछ, जसले स्वदेशी तथा विदेशी पर्यटकलाई सजिलै बुकिङ गर्न सहयोग पुर्याउनेछ । साथै, ई–बुकिङ नेपाल प्लेटफर्ममा ‘पाटन हेरिटेज स्टे’ नामको विशेष श्रेणी तयार गरिनेछ ।यस पहलअन्तर्गत सहभागी सम्पत्तिहरूमा क्यूआर आधारित बुकिङ प्रणाली लागू गरिनेछ, जसले अतिथिहरूलाई प्रत्यक्ष अनलाइन बुकिङ गर्न सहज बनाउनेछ । दुवै संस्थाले संयुक्त रूपमा पाटनको संस्कृति, सम्पदा तथा पर्यटन गतिविधिहरूको डिजिटल माध्यमबाट प्रचार–प्रसार गर्नेछन् ।यो सहकार्यले स्थानीय आवास व्यवसायलाई सहयोग पुर्याउने, डिजिटल बुकिङ बढाउने तथा पाटनलाई प्रमुख हेरिटेज स्टे गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ । यस साझेदारीले नेपालको पर्यटन क्षेत्रलाई स्थानीय तहबाट व्यवस्थित गर्ने प्रयासलाई थप बलियो बनाउने विश्वास लिइएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार