Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

‘धुरन्धर २’ : नेपाली बजारमा व्यापार १२ करोड नाघ्यो

‘धुरन्धर २’ : नेपाली बजारमा व्यापार १२ करोड नाघ्यो

आर्थिक पत्र
मंगलवार, चैत्र २४ २०८२
  • काठमाडौं – बलिउड नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ले नेपालमा १२ करोडभन्दा बढी व्यापार गरेको छ ।

    चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यसले १२ करोड २५ लाखभन्दा बढी ग्रस कलेक्सन गरेको छ ।

    यो नै यस फिल्मको अन्तिम व्यापार होइन । अझै पनि हलमा प्रदर्शनरत रहेकाले व्यापार बढ्न सक्छ ।

    विश्व बजारमा ब्लकबस्टर र भारतीय विभिन्न रेकर्ड कायम राखेको यस फिल्मको व्यापार नेपालमा पनि राम्रो देखिएको हो ।

    यसको पहिलो भाग ‘धुरन्धर’ले नेपालमा १० करोड ५० लाख व्यापार गरेको बोर्डको तथ्याङ्कमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार