Logo

Oct 25 2026

Oct 25 2026 | २०८३ कार्तिक ९ गते

images

शैक्षिक सत्र सुरु नहुँदै भर्ना नलिन मन्त्रालयको निर्देशन, अटेरी गरे कारबाही गर्ने चेतावनी

शैक्षिक सत्र सुरु नहुँदै भर्ना नलिन मन्त्रालयको निर्देशन, अटेरी गरे कारबाही गर्ने चेतावनी

आर्थिक पत्र
मंगलवार, चैत्र २४ २०८२
  • काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र सुरु हुनुअघि नै विद्यार्थी भर्ना गर्ने तथा अग्रिम शुल्क असुल गर्ने विद्यालयलाई कारबाही गर्न निर्देशन दिएको छ ।

    images

    केही विद्यालयहरूले नियम विपरीत भर्ना प्रक्रिया अघि बढाउँदै चर्को शुल्क लिएको गुनासो आएपछि मन्त्रालयले यस्तो निर्देशन दिइएको हो । विशेषगरी निजी विद्यालयहरूले ‘एन्युअल फी’ शीर्षकमा भर्ना शुल्क उठाउँदै आएको पाइएको छ ।

    मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत देशभरका ७५३ वटै स्थानीय तहलाई विद्यालयहरूको अनुगमन गर्न र नियम उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेको छ ।

    कतिपय विद्यालयले शैक्षिक सत्र सुरु नहुँदै भर्ना गर्ने, स्वीकृत शीर्षकभन्दा बाहिर गएर शुल्क लिने तथा कक्षा परिवर्तन हुँदा समेत पटक–पटक भर्ना शुल्क लिने गरेको भन्दै मन्त्रालयले यस्ता गतिविधिलाई गैरकानुनी भनेको छ ।

    शिक्षा नियमावली, २०५९ को परिच्छेद १५ अनुसार शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना गर्न नपाइने स्पष्ट व्यवस्था रहेको मन्त्रालयले जनाएको छ । साथै, सर्वोच्च अदालतको फैसलाअनुसार नियम विपरीत लिइएको अग्रिम शुल्क तत्काल फिर्ता गराउन पनि निर्देशन दिइएको छ ।

    मन्त्रालयले अटेरी गर्ने विद्यालयलाई आवश्यक कारबाही गरिने चेतावनी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार