Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नेपाल टेलिकमको ‘पे–एज–यू–गो’ सुविधालाई नियन्त्रण गर्ने नयाँ व्यवस्था

नेपाल टेलिकमको ‘पे–एज–यू–गो’ सुविधालाई नियन्त्रण गर्ने नयाँ व्यवस्था

आर्थिक पत्र
बुधवार, चैत्र २५ २०८२
  • काठमाडौँ । नेपाल टेलिकमले आफ्ना प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि लामो समयदेखिको गुनासो सम्बोधन गर्दै ‘पे–एज–यू–गो’ सुविधालाई नियन्त्रण गर्ने नयाँ व्यवस्था ल्याएको छ। यसअघि कुनै डाटा प्याकेज खरिद गरेका ग्राहकको प्याक सकिने बित्तिकै मुख्य ब्यालेन्सबाट पैसा काटिने समस्या थियो । अब भने ग्राहकले आफ्नो चाहनाअनुसार प्याकेज सकिएपछि मुख्य ब्यालेन्सबाट डाटा चल्ने वा नचल्ने बनाउन आफैँले ‘पेजी’ सुविधा सक्रिय वा निष्क्रिय गर्न सक्नेछन्।यो सुविधा प्रयोग गर्न ग्राहकले आफ्नो मोबाइलबाट *१४४४३# डायल गर्नुपर्नेछ। त्यसपछि स्क्रिनमा देखिने विकल्पमध्ये ४ नम्बर छनोट गरेपछि यो सुविधाको अवस्था बुझ्न, सक्रिय गर्न वा बन्द गर्न क्रमशः १, २ र ३ थिचेर सेटिङ मिलाउन सकिनेछ। 

    यदि कुनै ग्राहकले यो सुविधा निष्क्रिय गरेमा डाटा प्याक सकिएपछि स्वतः इन्टरनेट चल्न बन्द हुनेछ र मुख्य ब्यालेन्स सुरक्षित रहनेछ। डाटा प्याक नलिई इन्टरनेट चलाउन चाहनेले भने यो सुविधालाई सक्रिय नै राख्न सक्नेछन्। आगामी दिनमा यो सेवा टेलिकमको मोबाइल एपबाट पनि मिलाउन सकिने कम्पनीले जनाएको छ।यसका साथै टेलिकमले डाटा खपतको जानकारी दिने प्रणालीमा पनि केही परिमार्जन गरेको छ। अब डाटा प्याकेजको ९० प्रतिशत भोल्युम सकिएपछि ग्राहकलाई एसएमएसमार्फत जानकारी दिइनेछ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सुधार कार्ययोजना र मन्त्रिपरिषद्को निर्णय अनुसार नै ग्राहकको हितलाई ध्यानमा राखेर यो विकल्प उपलब्ध गराइएको हो। यसले अन्जानमा मुख्य ब्यालेन्स काटिने समस्याबाट ग्राहकलाई ठूलो राहत मिल्ने विश्वास गरिएको छ।

    कम्पनीले ग्राहककै माग अनुसार प्याकेजको भ्यालिडिटीमा पनि सुधार गरेको छ। अब प्रिपेड मोबाइलमा २८ दिनको सट्टा पूर्ण ३० दिनको समयसीमा भएको ‘प्रिपेड कम्बो २९९’ प्याक सञ्चालनमा ल्याइएको छ।मात्र २९९ रुपैयाँमा उपलब्ध हुने यस प्याकेज अन्तर्गत ग्राहकले सबै नेटवर्कमा कुरा गर्न ३०० मिनेट टक टाइम, ४ जिबी डाटा र टेलिकमको नेटवर्कमा पठाउन मिल्ने २० वटा एसएमएस प्राप्त गर्नेछन्। टेलिकमले भविष्यमा अन्य प्याकेजहरूलाई पनि ३० दिनकै समयसीमामा लैजाने योजना बनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार