Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

इजरायलसहित थप चार देशमा सरकारले खोल्यो पुनः श्रम स्वीकृति

इजरायलसहित थप चार देशमा सरकारले खोल्यो पुनः श्रम स्वीकृति

आर्थिक पत्र
बुधवार, बैशाख २ २०८३
  • काठमाडौं । सरकारले थप चार देशका लागि पुनः श्रम स्वीकृति खुला गरेको छ । चैत ३० गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार इजरायल, लेबनन, कुवेत र बहराइन का लागि पुनः श्रम स्वीकृति खुला गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले फागुन १७ गते मन्त्रीस्तरीय निर्णय गर्दै मध्यपूर्व तथा खाडी क्षेत्रमा उत्पन्न परिस्थितिलाई मध्यनजर गरी उक्त क्षेत्रका मुलुकहरूमा वैदेशिक रोजगारीका लागि प्रदान गरिने व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति स्थगित गरेको थियो । त्यसपछि परिस्थितिको मूल्यांकन गर्दै क्रमशः पुनः स्वीकृति खुला गर्ने प्रक्रिया अघि बढाइएको हो ।

    यसअघि नै साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, ओमान, यमन, जोर्डन र टर्की का लागि पुनः श्रम स्वीकृति सुचारु भइसकेको विभागले जनाएको छ । बाँकी रहेका देशहरूमा पनि अवस्था अनुसार स्वीकृति प्रक्रिया विस्तार गर्दै लगिने बताइएको छ ।

    त्यसैगरी इराक का हकमा भने नेपाल सरकार मन्त्रिपरिषद्को पुस ११ गतेको निर्णयअनुसार छुट्टै व्यवस्था अनुसार श्रम स्वीकृति प्रदान गरिने विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार