Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

आर्थिक पत्र
मंगलवार, बैशाख ८ २०८३
  • काठमाडौं। नेपालमा स्मार्टफोनको आयातमा निकै उत्साहजनक वृद्धि देखिएको छ। चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो नौ महिनामा नेपालमा साढे ३३ अर्ब रुपैयाँभन्दा बढीको स्मार्टफोन भित्रिएको छ।

    images

    भन्सार विभागको तथ्यांक अनुसार, साउनदेखि चैत मसान्तसम्मको अवधिमा कुल ३३ अर्ब ८२ करोड २५ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको हो। यस अवधिमा १६ लाख ७४ हजार थान स्मार्टफोन नेपाल भित्रिएका छन्। गत आवको सोही अवधिको तुलनामा यस वर्ष स्मार्टफोन आयातको ग्राफ निकै माथि देखिएको छ। विभागका अनुसार गत वर्ष चैत मसान्तसम्म २५ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको थियो।

    उक्त समयमा १५ लाख ८४ हजार थान स्मार्टफोन नेपाल भित्रिएका थिए। गत वर्षको तुलनामा यस वर्ष स्मार्टफोन आयातको संख्यामा करिब ९० हजार थानले वृद्धि भएको छ भने मूल्यका आधारमा झण्डै साढे ८ अर्ब रुपैयाँले वृद्धि भएको देखिन्छ। तथ्यांकलाई हेर्दा नेपाली बजारमा महँगा र आधुनिक स्मार्टफोनको माग बढ्दै गएको देखिन्छ।

    सरकारले विलासिताका वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटेसँगै र बजारमा नयाँ मोडलका फोनहरूको उपलब्धता बढेसँगै स्मार्टफोन आयातको तथ्यांक उकालो लागेको हो।

     
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार