Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सीजी ‘स्मार्ट डोमेस्टिक एप्लायन्सेस’ अन्तर्गत नयाँ फ्यान सार्वजनिक

सीजी ‘स्मार्ट डोमेस्टिक एप्लायन्सेस’ अन्तर्गत नयाँ फ्यान सार्वजनिक

आर्थिक पत्र
सोमवार, बैशाख १४ २०८३
  • काठमाडौं– गर्मीलाई मध्यनजर गर्दै सीजीले आफ्नो स्मार्ट डोमेस्टिक एप्लायन्सेस पोर्टफोलियोमा नयाँ र शक्तिशाली ‘हाइ-पर्फोमेन्स’ स्ट्यान्ड फ्यान सार्वजनिक गरेको छ । 

    कम्पनीले आफ्नो प्रिमियम सिरिज सीजी मेरिडियाअन्तर्गत अत्याधुनिक र शक्तिशाली मोडल CGMRSF18Z05 बजारमा ल्याएसँगै मेरिडिया सेग्मेन्टमा अब विकल्पहरूको संख्या ३ पुगेको छ ।

    कम्पनीका अनुसार प्रिमियम मेरिडिया सिरिज (३ मोडल): अत्याधुनिक प्रविधि र विलासी अनुभव खोज्ने ग्राहकका लागि सीजी मेरिडिया अन्तर्गत हालै सार्वजनिक नयाँ मोडलसहित ३ वटा उच्चस्तरीय फ्यानहरू उपलब्ध छन्, जसले ‘स्मार्ट’ फिचर र प्रिमियम लुक्सको उत्कृष्ट समिश्रण प्रदान गर्दछन् ।

    सीजी स्ट्यान्ड फ्यान रेन्ज (९ मोडल): आम उपभोक्ताको दैनिक आवश्यकता र किफायती मूल्यमा उच्च कार्यक्षमता सुनिश्चित गर्न ९ वटा विभिन्न भेराइटीका स्ट्यान्ड फ्यानहरू उपलब्ध छन्। यो रेन्जले घरदेखि कार्यालयसम्मका हरेक आवश्यकतालाई पूरा गर्दछ।

    शक्तिशाली फर्राटा फ्यान (३ मोडल): औद्योगिक प्रयोग वा ठूला हलहरू जहाँ उच्च क्षमताको हावाको बहाव आवश्यक पर्छ, त्यहाँका लागि ३ वटा शक्तिशाली ‘फर्राटा फ्यान’ उपलब्ध छन् ।

     
    कम्पनीका अनुसार नयाँ CGMRSF18Z05 का मुख्य विशेषताहरूमा

    १. रोबस्ट एण्ड रिलायबल मोटर : लामो समयसम्म निरन्तर चल्न सक्ने अत्यन्तै मजबुत र भरपर्दो मोटरको प्रयोग गरिएको छ।

    २. उच्च गतिको ११५० RPM: यस फ्यानमा ११५० RPM को उच्च गति रहेको छ, जसले प्रचण्ड गर्मीमा पनि तुरुन्तै शीतलता र राहत प्रदान गर्न सक्षम छ ।

    ३. १८ इन्चको स्विप : १८ इन्चको फराकिलो स्विपले गर्दा ठूला कोठा वा हलहरूमा हावा समान रूपमा फैलिन्छ।

    ४. ५ वटा एल्युमिनियम ब्लेड : एयरोडाइनामिकली डिजाइन गरिएका ५ वटा एल्युमिनियम ब्लेडले हावालाई तीव्र र प्रभावकारी रूपमा प्रवाह गर्छन्।

    ५. ४-स्पीड कन्ट्रोल : उपभोक्ताले आफ्नो सहजता अनुसार ४ वटा फरक गतिमा हावाको प्रवाह नियन्त्रण गर्न सक्नेछन्।

    ६. वाइड एंगल ओसिलेसन : फराकिलो कोणमा घुम्ने सुविधाले गर्दा कोठाको हरेक कुनामा हावा पुग्दछ।

    ७. २ वर्षको मोटर वारेन्टी : गुणस्तरमा पूर्ण भरोसा प्रदान गर्न सीजीले यसको मोटरमा २ वर्षको विशेष वारेन्टी उपलब्ध गराएको छ ।

    ‘हामी केवल सामान बेच्दैनौँ, ४० वर्षदेखिको भरोसा पनि बेच्छौँ,’ सिजी इलेकट्रोनिक्सका एक अधिकारीले बताए ।  

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार