Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

एक्सेल डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

एक्सेल डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

आर्थिक पत्र
बुधवार, बैशाख २३ २०८३
  • काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले गोल्ड टेस्टर पदका लागि दरखास्त आह्वान गरेको हो ।

    बैंकले कोशी प्रदेशअन्तर्गत आफ्नो कार्यक्षेत्र विस्तारसँगै विभिन्न शाखाका लागि दक्ष तथा अनुभवी जनशक्ति माग गरेको हो। बैंकका अनुसार बिर्तामोडस्थित केन्द्रीय कार्यालय रहेको संस्थाले विराटनगर, बेलबारी, फिदिम र खाँदबारी शाखाका लागि गरी कुल ४ जना गोल्ड टेस्टर आवश्यक रहेको जनाएको छ।

    उक्त पदका लागि न्यूनतम शैक्षिक योग्यता एसइइ उत्तीर्ण तोकिएको छ। साथै सुन तथा गहना मूल्याङ्कन वा सम्बन्धित प्राविधिक तालिम प्राप्त गरेका उम्मेदवारलाई प्राथमिकता दिइनेछ। बैंक तथा वित्तीय संस्था वा सुन व्यवसायिक प्रतिष्ठानमा गोल्ड टेस्टरका रूपमा कम्तीमा २ वर्षको अनुभव अनिवार्य गरिएको छ।

    यसैगरी, सुन परीक्षण, गहना तथा बहुमूल्य धातु मूल्याङ्कनमा व्यवहारिक अनुभव भएका, आधारभूत कम्प्युटर ज्ञान तथा अभिलेख व्यवस्थापनमा दक्ष, राम्रो संवाद क्षमता र टिमवर्क गर्न सक्ने उम्मेदवारलाई प्राथमिकतामा राखिनेछ।

    इच्छुक तथा योग्य उम्मेदवारले आफ्नो आवेदनपत्रसहित अद्यावधिक बायोडाटा, हालसालै खिचिएको पासपोर्ट साइज फोटो, नागरिकता प्रमाणपत्र, अनुभव प्रमाणपत्र र शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी तोकिएको समयभित्र आवेदन दिनुपर्नेछ। आवेदन पेश गर्ने अन्तिम मिति २०८३ जेठ ६ गते तोकिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार