Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नेपाल विद्युत प्राधिकरणको निमित्त प्रमुखको जिम्मेवारी दिर्घायु कुमार श्रेष्ठलाई

नेपाल विद्युत प्राधिकरणको निमित्त प्रमुखको जिम्मेवारी दिर्घायु कुमार श्रेष्ठलाई

आर्थिक पत्र
बुधवार, बैशाख २३ २०८३
  • काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको निमित्त प्रमुख कार्यकारी निर्देशकको जिम्मेवारी दिर्घायु कुमार श्रेष्ठलाई दिइएको छ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वैशाख २२ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार आगामी व्यवस्था नहुँदासम्मका लागि श्रेष्ठलाई प्राधिकरणको निमित्त प्रमुखको जिम्मेवारी तोकिएको हो।

    श्रेष्ठ हाल प्राधिकरणअन्तर्गत ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हुन्। उनी प्राधिकरणका उपकार्यकारी निर्देशकहरूमध्ये वरिष्ठ अधिकारी समेत रहेका छन्।

    प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले ल्याएको अध्यादेशपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पदमुक्त भएका छन्।

    सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ जारी गरेसँगै राजनीतिक नियुक्ति पाएका १ हजार ५९४ जना पदाधिकारी पदमुक्त भएका हुन्।

    सोही निर्णयसँगै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक र सदस्य गरी ६ पद खाली भएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार