Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

महासंघको नयाँ नेतृत्वलाई तयारी पोशाक उद्योग संघको बधाई

महासंघको नयाँ नेतृत्वलाई तयारी पोशाक उद्योग संघको बधाई

आर्थिक पत्र
बुधवार, बैशाख २३ २०८३
  • काठमाडौँ । नेपाल तयारी पोशाक उद्योग संघले नेपाल उद्योग वाणिज्य महासंघको नव–निर्वाचित कार्यकारिणी समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै निजी क्षेत्रको सुदृढीकरणमा प्रभावकारी नेतृत्वको अपेक्षा गरेको बताएको छ ।

    संघले २०८३ वैशाख २१ र २२ गते सम्पन्न महासंघको ६० औँ वार्षिक साधारणसभाअन्तर्गत भएको निर्वाचनबाट वस्तुगत संघको तर्फबाट कार्यकारिणी सदस्यमा दोस्रो पटक निर्वाचित संघका अध्यक्ष पशुपति देव पाण्डेलगायत नव–निर्वाचित अध्यक्ष, उपाध्यक्ष तथा सम्पूर्ण कार्यकारिणी सदस्यहरूलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको कामना गरेको हो।

    संघद्वारा जारी प्रेस विज्ञप्तिमा नव–निर्वाचित नेतृत्वले उद्योग, व्यापार तथा सेवा क्षेत्रका विद्यमान चुनौतीहरूको समाधान, नीतिगत सुधारको प्रभावकारी कार्यान्वयन र लगानीमैत्री वातावरण निर्माणमा दूरदर्शी तथा परिणाममुखी भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। बदलिँदो विश्व व्यापार परिवेश, आपूर्ति शृंखलामा आएको परिवर्तन तथा तीव्र प्रतिस्पर्धात्मक बजार संरचनाबीच निजी क्षेत्रको सुदृढीकरणमा महासंघको भूमिका अझ महत्वपूर्ण हुने उल्लेख गरिएको छ।

    त्यसैगरी, तयारी पोशाक उद्योगसहित नेपालका प्रमुख रोजगारी सृजनाकर्ता तथा निर्यातमुखी क्षेत्रहरूको प्रवर्द्धन, आधुनिकीकरण र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता अभिवृद्धिका लागि महासंघसँग सक्रिय, समन्वयात्मक र परिणाममुखी सहकार्य आवश्यक रहेको संघले जनाएको छ।

    नेपालको विकासोन्मुख देशबाट स्तरोन्नति पश्चात् सिर्जना हुने अवसर तथा चुनौतीलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय बजार पहुँच विस्तार, व्यापार सहजीकरण, निर्यात विविधीकरण तथा ‘Made in Nepal’ ब्रान्ड प्रवर्द्धनमा सरकारी निकाय र महासंघसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

    संघले महासंघको नयाँ नेतृत्वबाट नेपालको अर्थतन्त्रको विकास र निर्यात प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गर्दै पुनः सम्पूर्ण नव–निर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै सफल, प्रभावकारी र परिणाममुखी कार्यकालको कामना गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार