Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

ठेक्का समयमा सम्पन्न नगरेको कसुरमा दुई निमार्ण व्यवसायी प्रकाउ

ठेक्का समयमा सम्पन्न नगरेको कसुरमा दुई निमार्ण व्यवसायी प्रकाउ

आर्थिक पत्र
सोमवार, बैशाख २८ २०८३
  • काठमाडौं । निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शर्मा एन्ड कम्पनीका सञ्चालक रमेश शर्मा र लामा कन्स्ट्रक्सनका पीताम्बर बडुलाई प्रहरीले नियन्त्रणमा लिएर सहरी विकास मन्त्रालयमा उपस्थित गराएको हो ।

    मन्त्रालयको पत्रको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएर उपस्थित गराइएको प्रहरीले जनाएकोछ ।

    आफूले लिएको ठेक्काको समयमा सम्पन्न नगरेको कसुरमा उनीहरूलाई उपस्थित गराइदिन सहरी विकास मन्त्रालयले प्रहरीलाई आग्रह गरेको थियो । दुवै जनालाई प्रहरीले गोङ्गबु क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार