Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

अनलाइनबाटै एनटिसीको प्रिपेड ई-सिम लिन सकिने

अनलाइनबाटै एनटिसीको प्रिपेड ई-सिम लिन सकिने

आर्थिक पत्र
सोमवार, बैशाख २८ २०८३
  • काठमाडौं। नेपाल टेलिकम (एनटिसी) ले अब प्रिपेड ई–सिम अनलाइनमार्फत नै लिन सकिने सुविधा सुरु गरेको छ । यससँगै सेवाग्राहीले कार्यालयमा उपस्थित नभई घरबाटै ई–सिम प्राप्त गर्न सक्ने भएका छन् ।

    कम्पनीका अनुसार सेवाग्राहीले एनटिसीको आधिकारिक वेबसाइट नेपाल टेलिकम को esim.ntc.net.np मा गई ‘गेट न्यू प्रिपेड ई–सिम’ विकल्प चयन गरी प्रक्रिया अघि बढाउन सक्नेछन् ।

    आवेदनपछि निर्देशनअनुसार विवरण भरेर भुक्तानी गरेपछि प्रयोगकर्तालाई ई–सिमको क्यूआर कोड उपलब्ध गराइनेछ । उक्त कोड मोबाइल सेटिङमार्फत स्क्यान गरी ई–सिम सक्रिय गर्न सकिनेछ ।

    कम्पनीका अनुसार यसअघि कार्यालयमै गएर लिनुपर्ने सेवा अब अनलाइनमार्फत उपलब्ध भएपछि सेवाग्राहीलाई समय र झन्झट दुवै बचत हुने अपेक्षा गरिएको छ । नयाँ प्रणालीले ई–सिम वितरण प्रक्रियालाई अझ सहज, छिटो र डिजिटल बनाउने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार