काठमाडौं । बजाज नेपालको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी ले ‘न्यु खोज्नेलाई झ्याम्मै’ नारासहित ‘बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ।
कम्पनीका अनुसार कार्निभल काठमाडौंको भृकुटीमण्डप मा वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा ग्राहकहरूले पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज मोटरसाइकल खरिद गर्दा विभिन्न आकर्षक सुविधा पाउनेछन्।
कार्निभलमा २२ जना अनुभवी मूल्याङ्कनकर्तामार्फत पुराना सवारीसाधनको मूल्य निर्धारण गरिने कम्पनीले जनाएको छ। नयाँ बजाज मोटरसाइकल खरिद गर्दा ग्राहकहरूले एक लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्नेछन्।
यसका साथै सहज वित्तीय सुविधा, निःशुल्क एसेसरिज तथा निःशुल्क सेवा शुल्कको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ग्राहकलाई पुरानो सवारीको उचित मूल्य दिलाउँदै नयाँ मोटरसाइकल खरिदमा सहजता प्रदान गर्ने उद्देश्यले कार्निभल आयोजना गरिएको हो।

