Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

रमादा बाई विन्धम इटहरीको ‘मे इन्डल्जेन्स’ सुरु: खानपिन र मनोरञ्जनमा आकर्षक अफर

रमादा बाई विन्धम इटहरीको ‘मे इन्डल्जेन्स’ सुरु: खानपिन र मनोरञ्जनमा आकर्षक अफर

आर्थिक पत्र
मंगलवार, बैशाख २९ २०८३
  • इटहरी । पूर्वी नेपालको चर्चित पर्यटकीय गन्तव्य रमादा बाई विन्धम इटहरीले यस मे महिनालाई उत्सवमय बनाउन ‘मे इन्डल्जेन्स’ अन्तर्गत तीनवटा विशेष इन-हाउस अफरहरू सार्वजनिक गरेको छ। होटलले गर्मीयामको सुरुवातसँगै अतिथिहरूलाई नयाँ स्वाद र स्फूर्ति प्रदान गर्न खानपिन तथा मनोरञ्जनका विविध योजनाहरू ल्याएको हो।

    हप्ताको थकान मेटाउन चाहनेहरूका लागि होटलले ‘मिडवीक ट्रिपल ट्रीट’ अफर ल्याएको छ। प्रत्येक बुधबार र बिहीबार साँझ ५ देखि ७ बजेसम्म सुत्र लाउन्जमा सञ्चालन हुने यस योजना अन्तर्गत भोड्कामा आधारित ककटेलहरूमा ‘२ किन्दा १ निःशुल्क’ सुविधा उपलब्ध छ। जसमा मस्को म्युल, कस्मोपोलिटन र क्लासिक भोड्का मार्टिनीजस्ता लोकप्रिय पेयहरू समावेश छन्।

    त्यस्तै, प्रत्येक शुक्रबार एरिया रेस्टुरेन्टमा ‘टेस्ट अफ इटाली’ विशेष कार्यक्रम सञ्चालन भइरहेको छ। प्रतिव्यक्ति रु. १,९९९ (करसहित) मा उपलब्ध हुने यस अफरमा अतिथिहरूले दक्ष सेफहरूको मार्गदर्शनमा आफैँले पिज्जा वा पास्ता बनाउने अनुभव लिन सक्नेछन्।

    यसका साथै लाइभ पास्ता स्टेशन, उड फायर्ड पिज्जा र वाइनको बोतलमा १५ प्रतिशत छुटको व्यवस्थाले यसलाई पारिवारिक जमघटका लागि उत्कृष्ट बनाएको छ।

    मे महिनाभर चल्ने अर्को मुख्य आकर्षण ‘डिप एन्ड डाइन’ रहेको छ, जसमा पिना कोलाडा र ब्लु मार्गारिटाजस्ता शीतल पेय पदार्थहरूका साथ स्विमिङ पुलको आनन्द लिन सकिनेछ। साथै, मे १३ मा पर्ने ‘अन्तर्राष्ट्रिय ककटेल दिवस’को अवसरमा होटलले ककटेलहरूमा २० प्रतिशतको विशेष छुट प्रदान गर्ने घोषणा गरेको छ।

    आधुनिक सुविधा र नेपाली सत्कारको संगम मानिने ८१ कोठा र सुइटहरू भएको यस होटलले पूर्वी नेपालको हस्पिटालिटी क्षेत्रमा नयाँ मापदण्ड कायम गर्दै आएको छ। स्तरीय खानपानका लागि होटलमा नुआ (NUA), सुत्र लाउन्ज, एरिया र सुक्र बारजस्ता चारवटा फरक–फरक गन्तव्यहरू उपलब्ध छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार