Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सीजी मोबाइलद्धारा नेपालमा मोटोरोला जी०६ पावर र जी५७ पावर सार्वजनिक

सीजी मोबाइलद्धारा नेपालमा मोटोरोला जी०६ पावर र जी५७ पावर सार्वजनिक

आर्थिक पत्र
सोमवार, जेठ ४ २०८३
  • काठमाडौं। चौधरी ग्रुपअन्तर्गतको सीजी मोबाइलले नेपाली बजारमा दुई नयाँ स्मार्टफोन मोटोरोला जी०६ पावर र मोटोरोला जी५७ पावर सार्वजनिक गरेको छ। मोटोरोला स्मार्टफोनको आधिकारिक वितरकसमेत रहेको कम्पनीले यी मोडेललाई ब्याट्री क्षमता, प्रदर्शन र डिजाइनमा केन्द्रित गर्दै बजारमा ल्याएको जनाएको छ।

    कम्पनीका अनुसार मोटो जी०६ पावर विशेषगरी लामो ब्याट्री ब्याकअप चाहिने प्रयोगकर्तालाई लक्षित गरिएको हो। यसमा ७०००mAh क्षमताको ब्याट्री दिइएको छ, जसले एकपटक चार्ज गरेपछि करिब तीन दिनसम्म प्रयोग गर्न सकिने दाबी गरिएको छ। फोनमा मिडियाटेक जी८१ एक्स्ट्रिम प्रोसेसर, ४GB र्‍याम तथा १२GB सम्म र्‍याम बुस्ट सुविधा रहेको छ।

    यसमा ६.८८ इन्चको १२०Hz डिस्प्ले, ५०MP क्वाड पिक्सेल क्यामेरा र डल्बी एटमससहित स्टेरियो स्पिकर समावेश छन्। साथै, गोरिल्ला ग्लास ३ सुरक्षा, IP64 वाटर–रेपेलन्ट डिजाइन र प्याटेन्टेड भेगन लेदर फिनिस समेत रहेको कम्पनीले जनाएको छ। मोटो जी०६ पावरको मूल्य १८,९९९ रुपैयाँ तोकिएको छ।

    त्यस्तै, मोटो जी५७ पावरलाई कम्पनीले नेक्स्ट–लेभल प्रदर्शन र इनोभेसनयुक्त स्मार्टफोनका रूपमा प्रस्तुत गरेको छ। यसमा स्न्यापड्रागन ६एस जेन ४ प्रोसेसर, ८GB र्‍याम तथा १२८GB स्टोरेज उपलब्ध छ भने र्‍याम बुस्टमार्फत २४GB सम्म विस्तार गर्न सकिने सुविधा छ।

    ७०००mAh ब्याट्रीसहित यो फोनले ६० घण्टासम्मको ब्याकअप दिने दाबी गरिएको छ। यसमा ५०MP सोनी लाइटिया ६०० क्यामेरा, ६.७२ इन्च FHD+ १२०Hz डिस्प्ले, डल्बी एटमससहित डुअल स्टेरियो स्पिकर र बास बुस्ट सुविधा छ।

    फोनमा MIL-STD-810H मिलिटरी–ग्रेड सर्टिफिकेसन, गोरिल्ला ग्लास 7i सुरक्षा र प्रिमियम भेगन लेदर डिजाइन रहेको छ। मोटो जी५७ पावर एन्ड्रोइड १६ सहित आउँछ र एन्ड्रोइड १७ अपग्रेड तथा तीन वर्षसम्म सुरक्षा अपडेट उपलब्ध हुने कम्पनीले जनाएको छ। यसको मूल्य ३७,४९९ रुपैयाँ तोकिएको छ।

    सीजी मोबाइलका अनुसार दुवै स्मार्टफोन नेपालभरका आधिकारिक सीजी रिटेल आउटलेट तथा पार्टनर स्टोरमार्फत उपलब्ध हुनेछन्। कम्पनीले यी नयाँ मोडेलमार्फत नेपाली उपभोक्तालाई लामो ब्याट्री, आधुनिक प्रविधि र प्रिमियम अनुभव दिने लक्ष्य राखेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार