Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

पोखराको नयाँबजारमा बजाज चेतक ईभीको ‘एक्सपेरियन्स जोन’ सुरु

पोखराको नयाँबजारमा बजाज चेतक ईभीको ‘एक्सपेरियन्स जोन’ सुरु

आर्थिक पत्र
सोमवार, जेठ ४ २०८३
  • पोखरा । बजाज चेतक ईभीले पोखरामा आफ्नो सेवा विस्तार गरेको छ। पोखराको नयाँबजारमा अत्याधुनिक सुविधासम्पन्न ‘चेतक एक्सपेरियन्स जोन’ सञ्चालनमा ल्याइएको हो।यो नयाँ शोरुमले राजधानी बाहिरका ग्राहकहरूलाई प्रिमियम विद्युतीय दुईपाङ्ग्रे सवारीको उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। उद्घाटन कार्यक्रममा गोल्छा ग्रुपका प्रतिनिधिहरू तथा नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि.को व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो।

    आधुनिक ईभी प्रयोगकर्ताको जीवनशैलीलाई ध्यानमा राखेर निर्माण गरिएको यस एक्सपेरियन्स जोनमा प्रविधि र ग्राहक-केन्द्रित सेवाहरूलाई प्राथमिकता दिइएको छ। यहाँ ग्राहकले सवारी प्रदर्शनी (डिस्प्ले), टेस्ट राइड, खरिद परामर्शदेखि चेतक ईभीका लागि आवश्यक विशेष सेवा सुविधाहरू एकै ठाउँमा प्राप्त गर्न सक्नेछन्।शोरुममा डिजिटल प्रोडक्ट डिस्प्लेमार्फत सवारीका विशेषताहरू बुझ्न सकिने व्यवस्था छ। साथै, प्रशिक्षित ईभी विज्ञहरूबाट विद्युतीय सवारी, चार्जिङ समाधान र स्मार्ट फिचरहरूका बारेमा विस्तृत परामर्श समेत लिन सकिने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार