Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

उत्पादन र म्याद जाँच गरेर मात्र चाउचाउ उपभोग गर्न यशोदा फुड्सको आग्रह

उत्पादन र म्याद जाँच गरेर मात्र चाउचाउ उपभोग गर्न यशोदा फुड्सको आग्रह

आर्थिक पत्र
सोमवार, जेठ ४ २०८३
  • काठमाडौं। ‘करेन्ट’ चाउचाउका उत्पादक यशोदा फुड्सले उपभोक्तालाई कुनै पनि खाद्य सामग्री उपभोग गर्नुअघि उत्पादन मिति र म्याद सकिने मिति अनिवार्य रूपमा जाँच गर्न आग्रह गरेको छ।

    कम्पनीले गर्मी मौसममा बढ्दो तापक्रम र चर्को घामका कारण खाद्य सामग्रीको गुणस्तर प्रभावित हुन सक्ने भन्दै विक्रेता तथा उपभोक्तालाई सचेत रहन अपिल गरेको हो।

    यशोदा फुड्सले जारी गरेको सूचनामा पसल तथा काउन्टरमा राखिएका उत्पादनहरूलाई घाम र पानी नपर्ने, ओभानो तथा सुरक्षित स्थानमा भण्डारण गर्न विक्रेतालाई अनुरोध गरिएको छ।

    कम्पनीका अनुसार उचित भण्डारण र सही वितरण प्रक्रियाले मात्र उत्पादनको गुणस्तर कायम रहन्छ र उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न मद्दत पुग्छ।

    नेपालमा हजारौं रोजगारी सिर्जना गर्दै कृषि क्षेत्रसँग पनि जोडिएको कम्पनीका उत्पादनहरू हाल २२ भन्दा बढी देशमा निर्यात भइरहेका छन्। कम्पनीले यसलाई नेपालको उद्योग र निर्यात क्षमताको उदाहरणका रूपमा उल्लेख गरेको छ।

    null

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार