Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

स्वस्थ्यमन्त्री मेहता र चिनियाँ स्वास्थ्यमन्त्री हाइचाओबीच जेनेभामा भेट, सहकार्यका विषयमा छलफल

स्वस्थ्यमन्त्री मेहता र चिनियाँ स्वास्थ्यमन्त्री हाइचाओबीच जेनेभामा भेट, सहकार्यका विषयमा छलफल

आर्थिक पत्र
बिहिवार, जेठ ७ २०८३
  • काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र चिनियाँ स्वास्थ्यमन्त्री लेई हाइचाओबीच भेटवार्ता भएको छ । 

    बुधबार जेनेभामा भएको भेटवार्तामा दुई मन्त्रीबीच स्वास्थ्य तथा परम्परागत चिकित्साको क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, स्वास्थ्यमन्त्री मेहताले र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाबीचसँग पनि भेटवार्ता गरेकी छन् । 

    भारतीय समकक्षीसँगको भेटवार्तामा भेटवार्तामा स्वास्थ्य क्षेत्रमा विद्यमान द्विपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको बताइएको छ । 

    ३ जेठमा स्वास्थ्यमन्त्री मेहता ३ सदस्यीय टोलीको नेतृत्व गर्दै विश्व स्वास्थ्य संगठनको ७९औं विश्व स्वास्थ्य महासभामा सहभागी हुन जेनेभा पुगेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार