Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नयाँ सार्वजनिक सवारीको दर्ता किन रोकेको कारण चाहियो : नाडा

नयाँ सार्वजनिक सवारीको दर्ता किन रोकेको कारण चाहियो : नाडा

आर्थिक पत्र
आइतवार, जेठ १० २०८३
  • काठमाडौं । अटो व्यवसायीहरुको संस्था नाडा अटोमोबाइल्स एशोसिएन अफ नेपाल(नाडा) ले पछिल्लो पटक सरकारले नयाँ सार्वजनिक सवारीको दर्ता प्रक्रिया रोक्ने निर्णयको  कारण खुलाउन सरकारसमक्ष माग गरेको छ ।

    शुक्रबार बोलाइएको अटो व्यवसायीको बैठकमा सरकारले बिना छलफल सवारी दर्ता प्रक्रिया रोक्नुको कारण र उद्देश्य स्पष्ट हुन नसकेको निष्कर्ष निकालेको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले सरकारले नयाँ सार्वजनिक सवारीको दर्ता प्रक्रिया रोक्नुको कारण आफूहरुलाई जानकारी नभएको बताए ।

    उनले सार्वजनिक सवारी साधन दर्ता प्रक्रिया रोकिँदा आयात र व्यापारमा समेत असर पर्ने भन्दै अटो व्यवसायीहरुले किन र कति दिनका लागि रोकेको हो भन्दै सरकारको ध्यानाकर्षण गराएको बताए ।

    उनका अनुसार, सार्वजनिक सवारी दर्ता हुने मुख्य सिजनमा सरकारले रोक्का गर्दा आयात र व्यापारमा समेत असर पर्नेछ । ‘किन र के का लागि यो व्यवस्था ल्याइयो । त्यो कारण हामीलाई पनि जानकारी छैन्,’ उनले भने, ‘जुन बेला दर्ता हुने हो, त्यही बेला दर्ता रोक्नुले आयात र व्यापार थप खस्किने सम्भावना देखिन्छ ।’

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार