काठमाडौँ। जगदम्बा मोटर्सले TVS दुईपाङ्ग्रे सवारीसाधनका ग्राहकलाई लक्षित गर्दै ‘TVS मा Upgrade हान्नेलाई अचम्मैको Deal’ नामक सात दिने विशेष अटोमोटिभ इभेन्ट आयोजना गर्ने भएको छ।
कम्पनीका अनुसार जेठ १३ देखि १९ गतेसम्म काठमाडौँको भृकुटीमण्डप मा सञ्चालन हुने उक्त कार्निभल नेपालकै सबैभन्दा ठूलो TVS दुईपाङ्ग्रे इभेन्टका रूपमा आयोजना गर्न लागिएको हो।
कार्निभलमा TVS का मोटरसाइकल तथा स्कुटरहरूको सम्पूर्ण रेन्ज प्रदर्शन गरिनुका साथै विशेष एक्सचेन्ज, फाइनान्स तथा नगद छुटका अफर उपलब्ध गराइने कम्पनीले जनाएको छ।
कार्यक्रमअन्तर्गत जुनसुकै ब्रान्डका पुराना बाइक वा स्कुटर एक्सचेन्ज गर्दा विशेष मूल्याङ्कन सुविधा दिइनेछ। त्यसैगरी दैनिक १३९ रुपैयाँबाट सुरु हुने ईएमआई योजना, छनोट गरिएका मोडलमा नगद छुट, नागरिकता र लाइसेन्सका आधारमा तत्काल फाइनान्स स्वीकृति तथा नयाँ सवारी खरिदमा निःशुल्क एक्सेसरिज सुविधा पनि उपलब्ध हुने जनाइएको छ। कम्पनीले सबै मोडलमा लाइफटाइम वारेन्टीसमेत उपलब्ध गराउने जनाएको छ।
कार्निभलमा नयाँ TVS मोडलहरूको अनावरण, टेस्ट राइड, जिमखाना राइडिङ प्रतियोगिता, गेम जोन तथा फुड स्टलजस्ता आकर्षण पनि रहनेछन्।
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले उत्कृष्ट एक्सचेन्ज सुविधा, सहज फाइनान्स र मनोरञ्जनात्मक वातावरणमार्फत ग्राहकलाई प्रिमियम दुईपाङ्ग्रे सवारी खरिद अनुभव प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

