काठमाडौँ। सामसङ नेपाल ले ग्राहकलाई लक्षित गर्दै ‘अपग्रेड टु ग्यालेक्सी’ अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत ग्राहकहरूले पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोनमा अपग्रेड गर्न सक्नेछन्।
कम्पनीका अनुसार योजनामा आकर्षक एक्सचेन्ज बोनस, नगद छुट, टेलिकम सुविधा तथा सहज ईएमआई अफर समावेश गरिएको छ। ग्राहकले शून्य प्रतिशत डाउन पेमेन्टमा २४ महिनासम्मको ईएमआई सुविधा पाउने जनाइएको छ।
अफरअन्तर्गत चयन गरिएका पुराना मोबाइल एक्सचेन्ज गर्दा ग्राहकले डिभाइसको मूल्यसँगै अधिकतम ८ हजार रुपैयाँसम्म अतिरिक्त बोनस प्राप्त गर्न सक्नेछन्।
कम्पनीले ग्यालेक्सी एस २६ अल्ट्रामा १० हजार रुपैयाँ छुटसहित ८ हजार रुपैयाँ एक्सचेन्ज बोनस, एस २६ प्लसमा २३ हजार रुपैयाँ छुटसहित ८ हजार रुपैयाँ बोनस तथा एस २६ मा १० हजार रुपैयाँ छुटसहित ८ हजार रुपैयाँ बोनस उपलब्ध गराउने जनाएको छ। त्यसैगरी ग्यालेक्सी ए ५७ र ए ३७ फाइभजीमा ५-५ हजार रुपैयाँ छुट तथा अतिरिक्त ५–५ हजार रुपैयाँ एक्सचेन्ज बोनस प्रदान गरिनेछ।
अफरसँगै एनसेल को बोनस डेटा सुविधा पनि समावेश गरिएको छ। एस २६ सिरिज खरिदकर्ताले न्यूनतम ३९९ रुपैयाँको एनसेल प्याक रिचार्ज गर्दा प्रत्येक पटक १५ जीबी बोनस डेटा प्राप्त गर्नेछन्। १२ पटक रिचार्जमा कुल १८० जीबी डेटा उपलब्ध हुने कम्पनीले जनाएको छ।
त्यसैगरी ए ५७, ए ३७, ए १७ र एम १७ मोडलमा न्यूनतम २९९ रुपैयाँको प्याक रिचार्ज गर्दा प्रत्येक पटक १० जीबी बोनस डेटा तथा १२ पटकमा कुल १२० जीबी डेटा उपलब्ध हुनेछ।
कम्पनीका अनुसार नयाँ ग्यालेक्सी एस २६ सिरिजमा उन्नत एआई आधारित फिचर, शक्तिशाली प्रदर्शन तथा प्रिमियम प्रयोग अनुभव समावेश गरिएको छ। त्यस्तै ग्यालेक्सी ए सिरिजका मोडलहरूमा स्मार्ट एआई फिचर, आकर्षक डिजाइन र भरपर्दो परफर्मेन्स उपलब्ध गराइएको जनाइएको छ।
यो अफर मे २७ देखि जुन ३० सम्म देशभरका आधिकारिक सामसङ रिटेल स्टोर तथा पार्टनर आउटलेटहरूमा लागू हुने कम्पनीले जनाएको छ।

