Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकको रिट्ठेपानी डाँडा कटानका लागि ठेक्का आह्वान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकको रिट्ठेपानी डाँडा कटानका लागि ठेक्का आह्वान

सोमवार, भाद्र २० २०७९
  • पोखरा  । नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको रिट्ठेपानी डाँडा कटानका लागि ठेक्का आह्वान गरेको छ। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार उक्त डाँडा कटानका लागि ७२ लाख रूपैयाँको ठेक्का आह्वान गरिएको छ। 

    ठेक्का प्राप्तिका लागि इच्छुक कम्पनीले आउँदो अक्टोबर ११ सम्ममा दर्खास्त दिनसक्ने र डाँडा कटानको काम आउँदो कात्तिक दोस्रो सातादेखि सुरू हुने प्राधिकरणले जनाएको छ। कम्तीमा पनि एक महिना अवधिमा उक्त डाँडा कटानको काम सकिने प्राधिकरणको अनुमान छ।

    रिट्ठेपानीको १४ मिटर डाँडा कटानको काम सकिएलगत्तै पोखरामा क्यालिब्रेसन फ्लाइटको काम अगाडि बढाउने योजना रहेको महानिर्देशक अधिकारीले बताए। प्राधिकरणले डाँडा कटानका लागि रुख कटानको काम पूरा गरिसकेको बताइएको छ। वन तथा वातावरण मन्त्रालयले उक्त डाँडा नजिक रहेका छ सय वटा रूख कटानका लागि स्वीकृति दिएसँगै रूख कटानको काम सकिएको आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए।

    वन तथा वातावरण मन्त्रालयले रूख कटानका लागि दिइएको स्वीकृतीमा काटिएका रूख वन विभागलाई हस्तान्तरण गर्ने सझौता भएको छ। यसैबमोजिम काटिएका रूख विभागलाई हस्तान्तरण गर्ने तयारी रहेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

    रिट्ठेपानी डाँडाको तीन सय ८१ रोपनी क्षेत्रफलमध्ये ८१ रोपनी जग्गा व्यक्ति र तीन सय रोपनी जग्गा सरकारको नाममा छ। उक्त विमानस्थल चिनियाँ ऋण लगानीमा निर्माण भइरहेको छ। कुल २२ अर्ब रूपैयाँ लागतमा बनेको यो विमानस्थलमा न्यारोबडी जहाज उडान हुनेछन्।

    क्षेत्रीयस्तरका वायुसेवाहरू यस विमानस्थलमा सेवा सञ्चालनका लागि जोडिने भएका पनि प्राधिकरणले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार