Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

पेट्रोलियम पदार्थको मूल्य यथावत

पेट्रोलियम पदार्थको मूल्य यथावत

आर्थिक पत्र
सोमवार, जेठ १८ २०८३
  • काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य हाल कायम रहेको दरमै यथावत राख्ने निर्णय गरेको छ। निगमका अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ।

    भारतीय आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गर्न कठिन भए पनि उपभोक्तामाथि थप भार नपार्ने उद्देश्यले हालको मूल्य कायम राखिएको हो।

    निगम सञ्चालक समितिको जेठ १७ गतेको निर्णयअनुसार आगामी जुन १, २०२६ (जेठ १८ गते बिहान १२ः०१ बजे) देखि पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्यमा कुनै परिवर्तन गरेको छैन।

    हाल काठमाडौंमा पेट्रोल प्रतिलिटर रु २१७, डिजेल/मट्टितेल प्रतिलिटर रु २२५ तथा १४.२ केजी एलपी ग्यासको मूल्य रु २,१६० कायम रहेको छ। निगमले मूल्य यथावत राख्दा पनि मासिक रूपमा करिब रु ६२ करोड ८६ लाख घाटा व्यहोर्नुपरेको जनाएको छ। निगमले अन्तर्राष्ट्रिय बजारको अवस्थाअनुसार आगामी दिनमा मूल्य समायोजनबारे आवश्यक निर्णय गरिने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार