Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

पाकिस्तानको निर्यात मे महिनामा ९.५९ प्रतिशतले बढ्यो

पाकिस्तानको निर्यात मे महिनामा ९.५९ प्रतिशतले बढ्यो

आर्थिक पत्र
बिहिवार, जेठ २१ २०८३
  • एजेन्सी– पाकिस्तानको निर्यात ९.५९ प्रतिशतले बढेर मे महिनामा दुई अर्ब ७० करोड  अमेरिकी डलर पुगेको जनाइएको छ । यसअघि अप्रिलको निर्यात दुई अर्ब ४७ करोड डलर रहेको पाकिस्तान ब्युरो अफ स्ट्याटिस्टिक्स (पीबीएस) ले सार्वजनिक गरेको व्यापारीक तथ्यांकले जनाएको छ ।

    images

    अघिल्लो महिनाको तुलनामा मे महिनामा आयात २१.४५ प्रतिशतले घटेर पाँच अर्ब २९ करोड डलरमा झरेको जनाइएको छ, जसले मासिक व्यापार घाटा ३९.४३ प्रतिशतले घटाएर  दुई अर्ब ५९ करोड डलरमा झारेको छ ।

    वार्षिक आधारमा निर्यात सन् २०२५ को मे मा दुई अर्ब ६७ करोड डलरबाट १.२६ प्रतिशतले बढेर सन् २०२६ मे मा  दुई अर्ब ७० करोड डलर पुगेको बताइएको छ । सोही अवधिमा आयात पाँच अर्ब ६६ करोड डलरबाट ६.६३ प्रतिशतले घटेर पाँच अर्ब २९ करोड डलरमा झरेको उल्लेख गरिएको छ ।

    आर्थिक वर्ष २०२५–२६ (जुलाई–मई) को पहिलो ११ महिनामा पाकिस्तानको निर्यात अघिल्लो आर्थिक वर्षको समान अवधिमा २९ अर्ब ५६ करोड डलरबाट ५.६ प्रतिशतले घटेर २७ अर्ब नौ करोड डलरमा झरेको जनाइएको छ ।

    यस अवधिमा आयात ५.९४ प्रतिशतले बढेर ६२ अर्ब ६६ करोड डलर पुगेको छ । यसको परिणाम स्वरूप जुलाई – मे को अवधिमा देशको व्यापार घाटा १७.४८ प्रतिशतले बढेर ३४ अर्ब ७६ करोड डलर पुगेको पीबीएसको तथ्याङ्कले देखाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार