Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

अमेरिकाले दक्षिण एसियाको ऊर्जा पूर्वाधारमा १.५ अर्ब डलर लगानी गर्ने

अमेरिकाले दक्षिण एसियाको ऊर्जा पूर्वाधारमा १.५ अर्ब डलर लगानी गर्ने

आर्थिक पत्र
शुक्रवार, जेठ २२ २०८३
  • काठमाडौं। अमेरिकाले दक्षिण तथा दक्षिण–पूर्वी एसियालाई केन्द्रमा राख्दै इन्डो–प्यासिफिक क्षेत्रमा ऊर्जा सुरक्षा पूर्वाधार निर्माणका लागि १.५ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ ।

    अमेरिकी राजदूत सेरगिओ गोरले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै अमेरिकी अन्र्तराष्ट्रिय विकास वित्त कर्पोरेशन (डीएफसी) ले ऊर्जा सुरक्षा पूर्वाधार विस्तारका लागि लगानी प्लेटफर्म स्थापना गर्ने निर्णय गरेको बताएका हुन् ।

    उनका अनुसार उक्त परियोजनाले अमेरिकी निजी क्षेत्रको पूँजी परिचालन गरी दक्षिण तथा दक्षिण–पूर्वी एसियामा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) तथा अन्य ऊर्जा पूर्वाधार विकासमा लगानी गर्नेछ । यो डीएफसीको इतिहासकै सबैभन्दा ठूलो एकल परियोजना लगानी भएको बताइएको छ ।

    डीएफसीले जारी गरेको विज्ञप्तिअनुसार अमेरिकी पूर्वाधार लगानीकर्ता स्क्वार्यड क्यापिटलसँगको साझेदारीमा उक्त लगानी प्लेटफर्म स्थापना गरिनेछ । यसमार्फत ऊर्जा सुरक्षासम्बन्धी पूर्वाधार विस्तार गर्दै क्षेत्रीय ऊर्जा आपूर्तिलाई थप भरपर्दो बनाउने लक्ष्य राखिएको छ ।

    डीएफसीले हालै २.५ अर्ब डलर बराबरका नयाँ रणनीतिक लगानी स्वीकृत गरेको छ । ती लगानीहरू अमेरिकी आपूर्ति शृङ्खला सुदृढीकरण, ऊर्जा निर्यात विस्तार, क्षेत्रीय शान्ति तथा स्थायित्व प्रवद्र्धन र आर्थिक सहकार्य अभिवृद्धिमा केन्द्रित रहने जनाइएको छ ।

    संस्थाका अनुसार दक्षिण तथा दक्षिण–पूर्वी एसियाका धेरै मुलुकमा आवश्यक ऊर्जा पूर्वाधारको अभावले ऊर्जा सुरक्षामा चुनौती सिर्जना गरेको, मूल्यमा अस्थिरता बढाएको तथा औद्योगिक विकासमा बाधा पु¥याएको छ । नयाँ लगानी प्लेटफर्मले यस्ता समस्यालाई सम्बोधन गर्नुका साथै अमेरिकी प्राकृतिक ग्यास तथा ऊर्जा सम्बन्धी निर्यात विस्तारमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

    अमेरिकी सरकारको अन्तर्राष्ट्रिय लगानी निकाय डीएफसीले निजी क्षेत्रको पूँजी परिचालनमार्फत अमेरिकी विदेश नीति तथा आर्थिक विकासका उद्देश्यहरूलाई प्रवद्र्धन गर्दै आएको छ । एएनआई

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार