Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

बजेटको नयाँ कर संरचनापछि जिली EX5 को मूल्य समायोजन, अब कति ?

बजेटको नयाँ कर संरचनापछि जिली EX5 को मूल्य समायोजन, अब कति ?

आर्थिक पत्र
बुधवार, जेठ २७ २०८३
  • काठमाडौँ ।आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारीसाधनमा लागू गरिएको नयाँ कर व्यवस्थाका कारण LRR Motors ले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयूभी श्रृंखला जिली EX5 म्याक्स र जिली EX5 प्रो को खुद्रा मूल्य पुनः समायोजन गरेको छ ।नयाँ मूल्य सूचीअनुसार जिली EX5 म्याक्सको मूल्य रु. ७३ लाख र जिली EX5 प्रो को मूल्य रु. ६२ लाख कायम गरिएको कम्पनीले जनाएको छ ।सरकारले बजेटमार्फत विद्युतीय सवारीसाधनको भन्सार मूल्याङ्कनका आधारमा “क्लिन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फि (CIIF)” लागू गरेपछि मूल्य समायोजन गरिएको हो । नयाँ व्यवस्थाअनुसार विभिन्न मूल्य वर्गमा २.५ प्रतिशतदेखि १३० प्रतिशतसम्म शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

    उक्त शुल्कका साथै भन्सार महसुल, मूल्य अभिवृद्धि कर (VAT) र सडक निर्माण दस्तुर सत थपिँदा प्रिमियम विद्युतीय सवारीसाधनको आयात लागत उल्लेखनीय रूपमा बढेको कम्पनीले जनाएको छ ।मूल्य समायोजन भए पनि जिली नेपालले नेपाली ग्राहकलाई अत्याधुनिक प्रविधि, उच्च सुरक्षा सुविधा र गुणस्तरीय सेवा निरन्तर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । जिली EX5 हाल नेपाली बजारमा उपलब्ध उन्नत प्रविधियुक्त इलेक्ट्रिक एसयूभीमध्ये एक मानिन्छ ।अधिर श्रेष्ठ ले नयाँ कर नीतिका कारण लागत वृद्धि अनिवार्य भएको उल्लेख गर्दै कम्पनीले गुणस्तरीय सेवा र वातावरणमैत्री यातायात प्रवर्द्धनमा ध्यान केन्द्रित गर्ने बताएका छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार