Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आजदेखि विश्वकप फुटबलको महाकुम्भ

आजदेखि विश्वकप फुटबलको महाकुम्भ

आर्थिक पत्र
बिहिवार, जेठ २८ २०८३
  • काठमाडौँ। विश्वकै सबैभन्दा लोकप्रिय खेल प्रतियोगिता विश्वकप फुटबल आज मध्यरातिदेखि सुरु हुँदैछ । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगितामा पहिलोपटक ४८ राष्ट्र सहभागी हुँदैछन् भने कुल १०४ खेल खेलाइनेछ ।

    मेक्सिकोको एस्टाडियो एज्टेका रंगशालाबाट सुरु हुने विश्वकप जुलाई १९ मा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा फाइनलसँगै सम्पन्न हुनेछ । यसपटक विश्व जनसंख्याको ५८ प्रतिशतले प्रतियोगिता हेर्ने अनुमान गरिएको छ ।

    उपाधिका प्रमुख दाबेदारका रूपमा स्पेन, फ्रान्स, अर्जेन्टिना र इङ्ग्ल्यान्डलाई हेरिएको छ । साथै ब्राजिल, जर्मनी, पोर्चुगल र नेदरल्यान्ड्स पनि बलिया प्रतिस्पर्धी मानिएका छन् ।

    लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोको सम्भावित अन्तिम विश्वकप भएकाले यस संस्करण विशेष आकर्षणको केन्द्र बनेको छ । प्रतियोगितामा किलियन एमबापे, लामिने यमाल, नेमार र मोहम्मद सलाहजस्ता स्टार खेलाडीमाथि पनि सबैको नजर रहनेछ ।

    विश्वकपको कुल पुरस्कार राशि ६५५ मिलियन डलर रहेको छ भने विजेता टोलीले ५० मिलियन डलर प्राप्त गर्नेछ । नेपालसहित विश्वभर अहिले फुटबलको माहोल छाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार