Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प

आर्थिक पत्र
मंगलवार, आषाढ २ २०८३
  • काठमाडौं। मध्य इन्डोनेसियामा मंगलबार ६.७ म्याग्निच्युडको भूकम्प गएको छ। अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार हालसम्म कुनै पनि हताहत वा ठूलो क्षतिको विवरण प्राप्त भएको छैन।

    भूकम्प मध्य सुलावेसी प्रान्तको पालुको दक्षिणपूर्वमा बिहान १०:२७ बजे गएको जनाइएको छ। इन्डोनेसियाको मौसम विज्ञान, जलवायु विज्ञान तथा जियोफिजिक्स एजेन्सीका अनुसार पालु र सिगी क्षेत्रमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको भए पनि सुनामीको खतरा भने नरहेको बताइएको छ।

    प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले इन्डोनेसियामा बारम्बार भूकम्प जाने गरेको छ। भूगर्भीय रूपमा सक्रिय क्षेत्रमा अवस्थित भएकाले यहाँ साना–ठूला भूकम्प नियमितजस्तै हुने गर्छन्।

    यसअघि सन् २०१८ मा पालु क्षेत्रमा आएको ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा २,२०० भन्दा बढीको ज्यान गएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार