Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

इलेक्ट्रिक स्कुटर 'एथर' अब विरगञ्जमा पनि

इलेक्ट्रिक स्कुटर 'एथर' अब विरगञ्जमा पनि

आर्थिक पत्र
बिहिवार, आषाढ ४ २०८३
  • वीरगञ्ज । इलैक्ट्रिक स्कुटर ब्रान्ड Ather Nepal ले आफ्नो नयाँ Ather Experience Center वीरगञ्जमा सञ्चालनमा ल्याएको घोषणा गरेको छ । यससँगै Ather ले देशभर दिगो तथा स्मार्ट विद्युतीय यातायातको पहुँच विस्तार गर्ने आफ्नो अभियानलाई थप मजबुत बनाएको छ ।

    वीरगञ्जको आदर्शनगरस्थित नयाँ Experience Center १८ जुनदेखि गेटवे मोटर्सको व्यवस्थापनमा सञ्चालनमा आएको हो । वीरगञ्जमा नयाँ केन्द्र सञ्चालनमा आएपछि देशभर एथरका एक्सपिरियन्स सेन्टरहरूको संख्या १२ पुगेको छ । काठमाडौं उपत्यकाका ५ केन्द्रसहित पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड र वीरगञ्ज रहेका छन् ।

    Ather Nepal ले देशभर आफ्नो 10 अधिकृत सर्भिस सेन्टरहरूको सञ्जाल पनि विस्तार गर्दै आएको छ । एथरले ८ वर्षसम्मको विस्तारित ब्याट्री वारेन्टी प्रदान गर्दै आएको छ, जसले दीर्घकालीन विश्वसनीयता र आत्मविश्वास सुनिश्चित गर्दछ |

    वीरगञ्ज एक्सपिरियन्स सेन्टरमा एथरको सम्पूर्ण स्कुटर दायरा उपलब्ध हुनेछ, जसमा प्रदर्शन केन्द्र एथर ४५० सिरिज तथा एथर रिज्टा समावेश छन् ।

    Ather Nepal ले नयाँ एक्सपिरियन्स सेन्टरको उद्घाटनको अवसरमा असार १२ सम्मका लागि अफरहरू समेत सार्वजनिक गरेको छ । यस अन्तर्गत विस्तारित ब्याट्री वारेन्टी, आकर्षक फाइनान्सिङ सुविधा र एक्सचेन्ज गर्दा ८ हजारसम्म अतिरिक्त मूल्याङ्कन ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार