Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

आर्थिक पत्र
शुक्रवार, आषाढ ५ २०८३
  • काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो।

    बोर्डकी प्रवक्ता जयन्ती सत्यालका अनुसार यस वर्षको परीक्षामा कुल ४ लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।

    कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि सञ्चालन गरिएको थियो। परीक्षाको मर्यादा विपरीत गतिविधिमा संलग्न भएको ठहर गर्दै बोर्डले ४० जना परीक्षार्थीको परीक्षा रद्द गरेको जनाएको छ। परीक्षा रद्द हुनेमा नियमिततर्फ ३० जना र आंशिकतर्फ १० जना रहेका छन्।

    बोर्डले विद्यार्थीहरूलाई विभिन्न माध्यमबाट नतिजा हेर्न सकिने व्यवस्था गरेको जनाएको छ। विद्यार्थीहरूले बोर्डको नतिजा प्रकाशनसम्बन्धी वेबसाइट result.neb.gov.np तथा नेपाल टेलिकमको neb.ntc.net.np मार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्।

    त्यस्तै, मोबाइलबाट एसएमएसमार्फत पनि नतिजा प्राप्त गर्न सकिनेछ। त्यसका लागि ‘NEB’ टाइप गरी स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखी १६०० नम्बरमा सन्देश पठाउनुपर्नेछ। नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरेर वा *१६०१# प्रयोग गरेर पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार