काठमाडौं । नेपालका लागि टिभिएस मोटर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस एनटर्क १२५ रेस एक्सपीको नयाँ ‘ब्लेज ब्लु’ भेरियन्ट सार्वजनिक गरेको छ। युवा राइडरलाई लक्षित गर्दै ल्याइएको यो नयाँ संस्करणले एनटर्क सिरिजमा थप आकर्षक डिजाइन, स्पोर्टी शैली र आधुनिक विशेषता थपेको कम्पनीले जनाएको छ।
नयाँ स्कुटर सार्वजनिक कार्यक्रम बुधानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आयोजना गरिएको थियो। कार्यक्रममा जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले स्कुटर सार्वजनिक गरेका थिए। कार्यक्रममा ग्राहक, सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर, मोटो भ्लगर तथा टिभिएसप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कम्पनीका अनुसार कार्यक्रममा ८० भन्दा बढी सञ्चारकर्मी तथा ५० भन्दा बढी कन्टेन्ट क्रिएटर र मोटो भ्लगर सहभागी भएका थिए। सहभागीहरूले नयाँ ‘ब्लेज ब्लु’ भेरियन्टको डिजाइन, विशेषता तथा रेसिङ प्रेरित स्वरूपलाई नजिकबाट अवलोकन गर्ने अवसर पाएका थिए।
टिभिएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ विशेषगरी शैली, प्रदर्शन र दैनिक प्रयोगको सन्तुलन खोज्ने युवा पुस्तालाई लक्षित गरी तयार गरिएको स्कुटर हो। आकर्षक ब्लेज ब्लु रंग, स्पोर्टी ग्राफिक्स, धारिलो डिजाइन र बलियो रोड प्रेजेन्सले यसलाई अझ फरक र आकर्षक बनाएको कम्पनीको दाबी छ।
टिभिएस एनटर्क १२५ रेस एक्सपी यसअघि नै बोल्ड डिजाइन, शक्तिशाली प्रदर्शन तथा टिभिएस रेसिङको रेसिङ डीएनएका कारण युवामाझ लोकप्रिय रहँदै आएको छ। नयाँ ‘ब्लेज ब्लु’ संस्करणले यही पहिचानलाई थप मजबुत बनाउँदै स्कुटरलाई अझ ऊर्जावान, अभिव्यक्तिपूर्ण र सडकमा सहजै ध्यान आकर्षित गर्ने बनाएको कम्पनीले जनाएको छ।
स्कुटरले प्रतिलिटर ५० किलोमिटर माइलेज दिने परीक्षणबाट पुष्टि भएको कम्पनीको दाबी छ। साथै यसमा आजीवन वारेन्टीको सुविधा पनि उपलब्ध रहेको जनाइएको छ। यी सुविधाले ग्राहकलाई प्रदर्शनसँगै विश्वसनीयता, बचत र दीर्घकालीन स्वामित्वको आत्मविश्वास प्रदान गर्ने कम्पनीको विश्वास छ।
कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले टिभिएस एनटर्कले सधैं प्रदर्शन, प्रविधि र बोल्ड शैली रुचाउने युवा राइडरहरूसँग बलियो सम्बन्ध बनाएको बताए। नयाँ ‘ब्लेज ब्लु’ भेरियन्टमार्फत एनटर्कको यही पहिचानलाई अझ आकर्षक र उत्साहजनक रूपमा प्रस्तुत गरिएको उनको भनाइ थियो।
उनले आफ्नो राइडमार्फत फरक पहिचान बनाउन चाहने युवा राइडरका लागि यो नयाँ भेरियन्ट उत्कृष्ट विकल्प बन्ने विश्वास व्यक्त गरे।
कम्पनीका अनुसार यो कार्यक्रम नयाँ रंगको स्कुटर सार्वजनिक गर्ने अवसर मात्र नभई टिभिएस एनटर्कको रेसिङ भावना, युवा ऊर्जा र आधुनिक स्कुटरिङ अनुभव प्रस्तुत गर्ने माध्यम पनि बनेको थियो।
जगदम्बा मोटर्सले टिभिएस ब्रान्डमार्फत नेपाली बजारमा बदलिँदो ग्राहक आवश्यकता अनुसारका मोटरसाइकल तथा स्कुटर उपलब्ध गराउँदै आएको जनाएको छ। कम्पनीले देशभर फैलिएको आफ्नो आधिकारिक डिलर सञ्जालमार्फत ग्राहकले नजिकको टिभिएस शोरुममा गई नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ सम्बन्धी थप जानकारी लिन सक्ने जनाएको छ।

