Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

जिलीको ‘महा फुटबल फेस्ट’ सुरु, प्रत्येक गोलमा २५ हजारदेखी एक लाखसम्म छुट

जिलीको ‘महा फुटबल फेस्ट’ सुरु, प्रत्येक गोलमा २५ हजारदेखी एक लाखसम्म छुट

आर्थिक पत्र
शुक्रवार, आषाढ ५ २०८३
  • काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक एलआरआर मोटर्सले फिफा विश्वकप २०२६ को माहोललाई लक्षित गर्दै ‘जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प’ सञ्चालनमा ल्याएको छ। ग्राहकलाई सवारी खरिदलाई थप रोचक र सहभागितामूलक बनाउने उद्देश्यसहित सुरु गरिएको अभियान असार ९ गतेसम्म सञ्चालन हुनेछ।

    कम्पनीका अनुसार अभियानअन्तर्गत जिली EX5 खरिद गर्ने ग्राहकले पेनाल्टी सुटआउटमा गरेको प्रत्येक गोलबापत १ लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्नेछन्। त्यसैगरी BAW E7 Pro खरिद गर्ने ग्राहकले प्रत्येक गोलमा २५ हजार रुपैयाँ नगद छुट पाउने व्यवस्था गरिएको छ।

    गैरीधारास्थित जिली शोरुममा सञ्चालन भइरहेको कार्यक्रमले फुटबलको रोमाञ्चलाई विद्युतीय सवारी खरिदसँग जोडेको कम्पनीले जनाएको छ। अभियानमा सहभागी ग्राहकले विशेष रूपमा तयार गरिएको फुटबल मैदानमा पेनाल्टी सुटआउट खेल्न पाउनेछन्, जहाँ जिली तथा BAW का बिक्री प्रतिनिधिमध्ये एक जनाले गोलकिपरको भूमिका निर्वाह गर्नेछन्। ग्राहकले गरेको गोलको संख्याअनुसार छुट प्रदान गरिने व्यवस्था गरिएको छ।

    नगद छुटका अतिरिक्त ग्राहकले एक वर्षको अटो प्लस बीमा, एक वर्षको सवारी कर तथा निःशुल्क २–इन–१ एडाप्टेबल चार्जर पनि प्राप्त गर्नेछन्। कम्पनीले कार्यक्रमस्थलमा भेहिकल–टु–लोड (V2L) कफी अनुभव, प्रत्येक टेस्ट ड्राइभमा उपहार ह्याम्पर तथा पर्याप्त पार्किङ सुविधा समेत उपलब्ध गराएको जनाएको छ।

    अभियानसँगै सञ्चालन गरिएको ‘सुपर एक्सचेन्ज क्याम्प’ अन्तर्गत ग्राहकले आकर्षक एक्सचेन्ज लाभ, सवारी मूल्याङ्कन सेवा तथा विशेष अफरको समेत लाभ लिन सक्नेछन्।

    एलआरआर मोटर्सका सेल्स हेड अधिर श्रेष्ठले फुटबलले उत्साह, जोश र उपलब्धिमार्फत मानिसहरूलाई एकताबद्ध बनाउने उल्लेख गर्दै सोही भावनालाई सवारी खरिद अनुभवसँग जोड्ने प्रयासस्वरूप अभियान सञ्चालन गरिएको बताए। उनका अनुसार यस कार्यक्रमले ग्राहकलाई मनोरञ्जनसँगै उल्लेखनीय बचत गर्ने अवसर प्रदान गर्नेछ।

    कम्पनीले जिली EX5 लाई उन्नत प्रविधि, प्रिमियम सुविधा, स्मार्ट सुरक्षा प्रणाली र उत्कृष्ट ड्राइभिङ रेन्ज भएको विद्युतीय एसयूभीका रूपमा प्रस्तुत गरेको छ। त्यसैगरी नेपाली बजारमा प्रवेशको तयारीमा रहेको BAW E7 Pro व्यवहारिक, किफायती र वातावरणमैत्री सवारी विकल्प बन्ने अपेक्षा गरिएको कम्पनीको भनाइ छ।

    एलआरआर मोटर्सले फुटबलप्रेमी, विद्युतीय सवारीमा रुचि राख्ने तथा नयाँ गाडी खरिदको योजना बनाइरहेका ग्राहकलाई गैरीधारास्थित जिली शोरुममा उपस्थित भई कार्यक्रमको अनुभव लिन, टेस्ट ड्राइभ गर्न र विशेष छुटको अवसर उपयोग गर्न आग्रह गरेको छ। अभियान जुन २३ सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार