Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नेपालमा आयो ४०० किलोमिटरसम्म रेन्ज दिने ‘सारथी ES6’ इलेक्ट्रिक स्कुटर

नेपालमा आयो ४०० किलोमिटरसम्म रेन्ज दिने ‘सारथी ES6’ इलेक्ट्रिक स्कुटर

आर्थिक पत्र
शुक्रवार, आषाढ ५ २०८३
  • काठमाडौं । नेपालमा इलेक्ट्रिक स्कुटर प्रयोगकर्ताहरूका लागि ठूलो राहतको खबर आएको छ। नेपालका लागि लुयानको आधिकारिक वितरक Zero Emission Ride N ले Sarathi ES6 नामक लामो रेन्ज भएको इलेक्ट्रिक स्कुटर नेपाली बजारमा उपलब्ध गराएको छ। कम्पनीका अनुसार यो स्कुटरमा जडान गरिएको विशाल 9.6 kWh CATL Lithium Battery का कारण मानक परीक्षण (Standard Test Condition) मा एक पटकको फुल चार्जमा ४०० किलोमिटरसम्म रेन्ज प्राप्त गर्दछ ।

    कम्पनीले दिएको जानकारी अनुसार नेपालको तराई क्षेत्र जस्ता समथर सडकहरूमा स्कुटरले अत्यधिक रेन्ज प्रदान गर्ने क्षमता राख्छ। त्यस्तै, काठमाडौं उपत्यकाभित्र गरिएको परीक्षणमा पनि एकै पटकको चार्जमा ३५० किलोमिटरभन्दा बढी यात्रा गर्न सफल भएको कम्पनीको दाबी छ।

    राइड-सेयरिङ प्लेटफर्महरू जस्तै Pathao, inDrive र Yango का चालकहरूलाई लक्षित गर्दै कम्पनीले यो स्कुटरले दैनिक व्यावसायिक प्रयोगमा समेत उत्कृष्ट प्रदर्शन गर्ने जनाएको छ। कम्पनीका अनुसार यस्ता सेवाहरूमा नियमित सञ्चालन गर्दा पनि २५० किलोमिटरभन्दा बढी वास्तविक रेन्ज प्राप्त गर्न सकिन्छ, जसले दिनभर चार्जिङको चिन्ताबिना काम गर्न सकिने बनाउँछ।

    नेपालमा इलेक्ट्रिक स्कुटर प्रयोगकर्ताहरूले लामो समयदेखि भोग्दै आएको “रेन्ज एन्जाइटी” अब अन्त्यतिर पुगेको कम्पनीको विश्वास छ। Luyuan Nepal का Sales & Marketing Head शंकर शर्माका अनुसार अब रेन्ज एन्जाइटी सधैंका लागि समाप्त हुने अवस्थामा पुगेको छ। पेट्रोल स्कुटरले जस्तै लामो दूरीको यात्रा अब इलेक्ट्रिक स्कुटरबाट पनि सहज रूपमा गर्न सकिने भएको छ।

    सारथी ES6 मा रेन्ज मात्र होइन, आधुनिक प्रविधि र सुविधाहरू पनि समावेश गरिएका छन्। स्कुटरमा Hill Hold Assist, Battery Percentage सहितको Digital Display, Cruise Control, तथा १२ इन्चका ठूला पाङ्ग्रा उपलब्ध छन्। सुरक्षा पक्षलाई मजबुत बनाउन Double Disc Brakes र Combined Braking System (CBS) जडान गरिएको छ।

    यसमा रहेको ४,५०० वाट Peak Power Motor ले स्कुटरलाई उत्कृष्ट पिकअप  प्रदान गर्दछ। साथै, लामो यात्रालाई सहज बनाउन Large Leg Space र दैनिक प्रयोगका सामग्री राख्न पर्याप्त Boot Space समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ।

    लुयान नेपाल हाल देशभर सबैभन्दा धेरै सर्भिस सेन्टर नेटवर्क भएको इलेक्ट्रिक स्कुटर ब्राण्डमध्ये एकका रूपमा परिचित छ। कम्पनीका अनुसार बिक्रीसँगै बिक्रीपछिको सेवामा विशेष ध्यान दिइएकाले ग्राहकहरूले स्पेयर पार्ट्स तथा मर्मत सेवामा सहज पहुँच पाउनेछन्।

    लामो रेन्ज, शक्तिशाली मोटर, आधुनिक फिचर र बलियो बिक्रीपछिको सेवाको संयोजनका कारण Sarathi ES6 नेपाली इलेक्ट्रिक दुईपांग्रे बजारमा नयाँ मापदण्ड स्थापित गर्ने स्कुटरका रूपमा हेरिएको छ। विशेष गरी दैनिक धेरै दूरी यात्रा गर्ने, राइड-सेयरिङ व्यवसायमा संलग्न चालक तथा पेट्रोल खर्चबाट मुक्त हुन चाहने उपभोक्ताहरूका लागि यो स्कुटर आकर्षक विकल्प बन्न सक्ने देखिन्छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार