Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

ईभी बजारमा शशीला मोटर्सको छलाङ, ९ महिनामै ९२ करोडभन्दा बढीको व्यापार

ईभी बजारमा शशीला मोटर्सको छलाङ, ९ महिनामै ९२ करोडभन्दा बढीको व्यापार

आर्थिक पत्र
बिहिवार, आषाढ ११ २०८३
  • काठमाडौं । हाइगर, किटन, जेएमसी, चेरी र वान्डा ब्रान्डको विद्युतीय गाडी बेच्ने शशीला मोटर्सले चालु आर्थिक वर्षको ९ महिनामा साढे ९२ करोड रुपैयाँको कारोबार गरेको छ ।कम्पनीले गत आवमा १ अर्ब ९ करोड २० लाख रुपैयाँ, सन् २०२४ मा ४३ करोड ३० लाख रुपैयाँ र सन् २०२३ मा २४ करोड रुपैयाँको कारोबार गरेको थियो ।सन् २०१४ मा स्थापना भएको कम्पनी हाइगर, किटन, जेएमसी, चेरी र वान्ड ब्रान्डको विद्युतीय गाडीको नेपालको लागि आधिकारिक विक्रेता हो । कम्पनीले क्रमशः सन् २०२४ सम्ममा उक्त ब्रान्डको गाडीको आधिकारिक कारोबार सुरु गरेको थियो ।कम्पनीले हालका वर्षहरुमा आफ्नो सञ्चालन दायरा क्रमशः विस्तार गर्न सफल भएको छ । गत आवको ९ महिनाको अवधिमा कम्पनीले ७२ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । चालु आवको सोही अवधिमा कम्पनीले ९२ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ ।

    कम्पनीको चालु आवको ९ महिनाको अवधिमा १४ प्रतिशत सञ्चालन नाफा मार्जिन कायम गरेको छ । जसले गर्दा ब्याज भुक्तानी क्षमता अनुपात ११.८ गुणा रहेको छ ।कम्पनीको अहिले आन्तरिक नगद सञ्चितीको पूर्ण रुपमा संरक्षण गर्नुका साथै प्रवद्र्धकहरुले नियमित रुपमा थप इक्विटी लगानीमार्फत् कम्पनीलाई सहयोग गर्दै आएका छन् ।कम्पनीको कुल बाह्य दायित्व तथा ट्यान्जिबल नेटवर्थ अनुपात पनि सुधार भएको छ । सन् २०२४ मा ८.३ गुणा रहेकोमा गत आवमा सुधार भई ३.८ गुणा रहेको थियो । चालु आवको ९ महिनाको अवधिमा थप सुधार भई २.२ गुणामा झरेको छ ।कम्पनी सन् २०२३ को अन्त्यसम्ममा काठमाडौं र भक्तपुर जिल्लामा टाटा ब्रान्डको व्यवसायिक गाडी बेच्ने प्रादेशिक डिलर पनि थियो । कम्पनीको देशभर आफ्‌नो पाँच वटा शोरुम र दुई वटा प्रादेशिक डिलरशिप शाखा छन् ।सन्तोष खतिवडाको ३० प्रतिशत, सचिन कायस्थाको ३० प्रतिशत, आशिष पौडेलको २० प्रतिशत र एम/एस कन्टिनेन्टल इन्भेष्टमेन्टको २० प्रतिशत स्वामित्व रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि १ अर्ब ९८ करोड रुपैयाँको रेटिङ गराएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार