Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

अन्तरिक्षबाट देखियो भेनेजुएलाको विनाश : शक्तिशाली भूकम्पले शहरहरू भग्नावशेषमा परिणत

अन्तरिक्षबाट देखियो भेनेजुएलाको विनाश : शक्तिशाली भूकम्पले शहरहरू भग्नावशेषमा परिणत

आर्थिक पत्र
शुक्रवार, आषाढ १२ २०८३
  • एजेन्सी । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा ४० सेकेन्डभन्दा कम समयको अन्तरालमा आएका ७.२ र ७.५ रेक्टर स्केलका दुई शक्तिशाली भूकम्पले मच्चाएको विनाश अन्तरिक्षबाट खिचिएका स्याटेलाइट तस्बिरमा स्पष्ट देखिएको छ । भूकम्पअघि सुरक्षित र व्यवस्थित देखिएका शहरहरू केही सेकेन्डमै भग्नावशेषमा परिणत भएको दृश्यले विपत्तिको भयावहता उजागर गरेको छ । 

    प्रारम्भिक विवरणअनुसार भूकम्पमा कम्तीमा २३५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने करिब ४ हजार ३०० जना घाइते भएका छन । उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने अधिकारीहरूले बताएका छन । सबैभन्दा बढी क्षति भेनेजुएलाको उत्तर–मध्य राज्य ला गुएरा र राजधानी काराकास महानगर क्षेत्रमा पुगेको छ । औद्योगिक क्षेत्र, गोदाम, आवासीय भवन तथा अन्य संरचनाहरू ठूलो मात्रामा ध्वस्त भएका छन ।

    अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले सार्वजनिक गरेका स्याटेलाइट तस्बिरहरूमा भूकम्पअघि र पछिको अवस्थाबीचको स्पष्ट अन्तर देख्न सकिन्छ। पहिलो सेटका तस्बिरमा मे ८ मा खिचिएको ला गुएराको औद्योगिक क्षेत्र सामान्य अवस्थामा देखिन्छ भने जुन २५ मा खिचिएको तस्बिरमा सोही क्षेत्र ध्वस्त भएको देखिन्छ । भग्नावशेषबाट उडेको बाक्लो धुलोका कारण पछिल्लो तस्बिर धमिलोसमेत देखिएको छ ।

    null

    अर्को स्याटेलाइट तस्बिरमा ला गुएरास्थित गोदाम क्षेत्र भूकम्पअघि सुरक्षित देखिए पनि भूकम्पपछि अधिकांश संरचना पूर्ण रूपमा ध्वस्त भएको देखिन्छ । विशेषगरी रातो रङका संरचनाहरू रहेका गोदामहरू पूर्ण रूपमा माटोमा विलीन भएको तस्बिरमा देखिन्छ ।
    त्यस्तै, प्लाया ग्रान्डे क्षेत्रका तस्बिरहरूले पनि भूकम्पको विनाशकारी प्रभावलाई उजागर गरेका छन्। जुन १५ मा सामान्य देखिएको बस्ती जुन २५ सम्म आइपुग्दा क्षतिग्रस्त भवन, भत्किएका संरचना र भग्नावशेषले भरिएको क्षेत्रमा परिणत भएको छ।

    अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी छ। अन्तरिक्षबाट खिचिएका यी स्याटेलाइट तस्बिरहरूले केही सेकेन्डमै शक्तिशाली भूकम्पले कसरी समृद्ध शहरलाई भग्नावशेषमा बदल्न सक्छ भन्ने यथार्थ चित्रण गरेका छन । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार