Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

‘एसेन्सियल सिरिज’ सार्वजनिक गर्दै एलजीले थाल्यो ‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियान

‘एसेन्सियल सिरिज’ सार्वजनिक गर्दै एलजीले थाल्यो ‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियान

आर्थिक पत्र
सोमवार, आषाढ १५ २०८३
  • काठमाडौं- एलजीले नेपाली बजारलाई लक्षित गरी आफ्नो नयाँ घरेलु उपकरण शृङ्खला ‘एसेन्सियल सिरिज’ सार्वजनिक गर्दै ‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियानलाई देशका प्रमुख सहरहरूमा विस्तार गर्ने भएको छ । एलजी इलेक्ट्रोनिक्स सिंगापुर र नेपालका लागि उसको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सको सहकार्यमा काठमाडौंको विवान्ता होटलमा आयोजित एक विशेष कार्यक्रमका बीच यस नयाँ शृङ्खलाको औपचारिक शुभारम्भ गरिएको हो ।

    काठमाडौंको सफल राष्ट्रिय उद्घाटनपछि यो अभियानलाई देशव्यापी बनाउने क्रममा आगामी असार १५ गते इटहरी, असार १७ गते नारायणघाट, असार १९ गते पोखरा, असार २१ गते बुटवल र असार २३ गते नेपालगञ्जमा विशेष कार्यक्रमहरू आयोजना गरिनेछन् । यी प्रादेशिक कार्यक्रमहरूका माध्यमबाट स्थानीय उपभोक्ताले एलजीका नयाँ उत्पादनहरू प्रत्यक्ष अनुभव गर्ने, तिनका विशेषताबारे बुझ्ने र आफ्नो आवश्यकता अनुसारका सामान छनोट गर्ने अवसर पाउने कम्पनीले जनाएको छ ।

    आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन र किफायती मूल्यलाई एकैसाथ समेटेको यस एसेंशियल सिरिजअन्तर्गत नेपाली घरपरिवारका लागि विशेष रूपमा डिजाइन गरिएका डबल–डोर रेफ्रिजरेटर, फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिन र रुम एयर कन्डिसनर बजारमा ल्याइएको छ । फ्रस्ट–फ्री प्रविधियुक्त रेफ्रिजरेटरमा म्यानुअल डिफ्रोस्टिङ गरिरहनु पर्ने झन्झट हुँदैन भने यसमा रहेको स्मार्ट मोडले मौसम अनुसार स्वचालित रूपमा चिस्यान नियन्त्रण गर्छ र यसको तरकारी भण्डारण क्षमता पनि साविकभन्दा २० प्रतिशत ठुलो रहेको छ ।

    त्यसैगरी, नेपालको वातावरणीय अवस्था अनुकूल निर्माण गरिएको वासिङ मेसिनमा प्रोसिल्ड मोटर, बिएमसी कभर र पानीले असर नगर्ने कन्ट्रोल प्यानल जस्ता सुविधाहरू छन् भने यसले कम पानीको चापमा पनि प्रभावकारी रूपमा कपडा धुने क्षमता राख्दछ । यसै शृङ्खलाको ऊर्जा–दक्ष एयर कन्डिसनरले कम विद्युत् खपतमा प्रभावकारी रूपमा कोठा चिसो वा तातो बनाउने गर्दछ, जसमा वातावरणमैत्री आर३२ रेफ्रिजेरन्ट प्रयोग गरिएको छ र यसले रैथाने एयर कन्डिसनरको तुलनामा निकै कम आवाज निकाल्दछ ।

    नेपाली उपभोक्ताहरूको बदलिँदो जीवनशैली र दैनिक आवश्यकतालाई सहज बनाउने विश्वास लिइएको यो एसेंशियल सिरिज सन् २०२६ जुनदेखि नेपालभर बिक्री वितरण सुरु भइसकेको छ । बजारमा उपलब्ध प्रारम्भिक मोडेलहरूको मूल्य करिब ४९ हजार ६ सय ९० रुपैयाँबाट सुरु हुने जानकारी दिइएको छ । यी उत्पादनहरू देशभरका आधिकारिक एलजी ब्रान्ड सप, मल्टि–ब्रान्ड रिटेल आउटलेट तथा प्रमुख इ–कमर्स प्लेटफर्महरू मार्फत सहजै खरिद गर्न सकिनेछ ।

    घरेलु उपकरण र उपभोक्ता इलेक्ट्रोनिक्सको क्षेत्रमा विश्वव्यापी रूपमा अग्रणी मानिने एलजी इलेक्ट्रोनिक्स इन्क र सिजी कर्प ग्लोबल अन्तर्गतको सिजी इलेक्ट्रोनिक्सबीच विगत चार दशकभन्दा लामो सहकार्य रहँदै आएको छ र सोही सहकार्यका कारण एलजी नेपालकै एक शीर्ष तथा विश्वासिलो ब्रान्डका रूपमा स्थापित हुन सफल भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार