Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

ढिलासुस्ती गर्ने १० निर्माण कम्पनीलाई सडक डिभिजनको अन्तिम अल्टिमेटम

ढिलासुस्ती गर्ने १० निर्माण कम्पनीलाई सडक डिभिजनको अन्तिम अल्टिमेटम

आर्थिक पत्र
मंगलवार, आषाढ १६ २०८३
  • काठमाडौं। सडक डिभिजन कार्यालय भक्तपुरले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगर्ने १० वटा निर्माण व्यवसायी तथा फर्मलाई ७ दिनभित्र काम सक्न अन्तिम चेतावनी दिएको छ।

    कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निर्माण व्यवसायी तथा फर्महरूलाई बाँकी निर्माण कार्य सम्पन्न गरी भुक्तानीका लागि बिल पेस गर्न निर्देशन दिएको हो। तोकिएको अवधिभित्र काम सम्पन्न नभए सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ तथा ठेक्का सम्झौताका सर्तअनुसार ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ।

    कार्यालयका अनुसार ती निर्माण व्यवसायीहरूले सम्झौतामा उल्लेख भएको समयसीमाभित्र काम सम्पन्न नगरेको तथा पटक–पटक मौखिक र टेलिफोनमार्फत जानकारी गराउँदा पनि कार्यप्रगति सन्तोषजनक नभएपछि अन्तिम अल्टिमेटम जारी गरिएको हो।

    चेतावनी दिइएका आयोजनामा अरनिको राजमार्गअन्तर्गत चाल्नेढुंगा–खावा–लामिडाँडा–दोलालघाट सडक स्तरोन्नति, बोहोरेदोभान–ठुलोपार्सेल सडक, बाहाखा बजार–मनोहरा पुल सडक, ठिमी चारदोबाटोमा पैदलयात्री आकाशे पुल निर्माण, ग्वार्को–लाकुरी भन्ज्याङ–पनौती सडक तथा तेमाल गाउँपालिकाका विभिन्न सडक खण्डका आयोजना रहेका छन्।

    यस्तै, काममा ढिलासुस्ती गर्ने निर्माण कम्पनीहरूमा ओम निलकण्ठेश्वर कन्स्ट्रक्सन, कान्तिपथ कन्स्ट्रक्सन, माता चुनदेवी कन्स्ट्रक्सन, बीजी कन्स्ट्रक्सन, जय खाँडादेवी इन्जिनियरिङ, थापा/इम्यानुअल जेभी, एम.के. सनलाइट जेभी, लामा कन्स्ट्रक्सन एण्ड सप्लायर्स, पी एण्ड के/पपुलर जेभी र गौतम कन्स्ट्रक्सन रहेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार