Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

रसुवागढी जलविद्युत केन्द्रबाट पुनः विद्युत उत्पादन सुरु

रसुवागढी जलविद्युत केन्द्रबाट पुनः विद्युत उत्पादन सुरु

आर्थिक पत्र
मंगलवार, आषाढ १६ २०८३
  • काठमाडौं ।  रसुवागढी हाइड्रोपावर लिमिटेडले सञ्चालन गरेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत केन्द्रबाट पुनः विद्युत उत्पादन सुरु भएको छ। वर्षायाममा पूर्ण क्षमतामा निर्वाध रूपमा विद्युत उत्पादन गर्ने उद्देश्यले मर्मतसम्भारका लागि बन्द गरिएको केन्द्रबाट असार १५ गतेदेखि उत्पादन पुनः सुचारु गरिएको कम्पनीले जनाएको छ ।

    गएको वर्ष २०८२ साल असार २४ गते आएको ठूलो हिम बाढीका कारण रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका, टिमुरेमा अवस्थित यस जलविद्युत केन्द्रका अधिकांश संरचना तथा मेसिन उपकरणहरूमा ठूलो क्षति पुगेको थियो। 

    त्यसपछि आंशिक रूपमा पुनर्स्थापना र पुनर्निर्माणका कार्यहरू सम्पन्न गरी केन्द्रका ३ वटै युनिटबाट विद्युत उत्पादन सुचारु गरिएको थियो। तर, आगामी वर्षायाममा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै र पूर्ण क्षमतामा विद्युत उत्पादन सुनिश्चित गर्न वर्षा अगावै केही अत्यावश्यक पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यहरू सम्पन्न गर्नुपर्ने थियो।

    सोही योजना अनुरूप कम्पनीले गत जेठ २६ गतेदेखि असार १४ गतेसम्मका लागि प्लान्ट पूर्ण रूपमा बन्द गरेको थियो । तोकिएको समयावधिभित्रै सम्पूर्ण प्राविधिक तथा पुनर्निर्माणका कार्यहरू सफलतापूर्वक सम्पन्न गरी केन्द्रका युनिटहरूबाट विद्युत उत्पादन पुनः सुचारु गरिएको व्यहोरा कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार