Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

नेपालमा घट्यो पेट्रोलियम पदार्थको मूल्य

नेपालमा घट्यो पेट्रोलियम पदार्थको मूल्य

आर्थिक पत्र
बुधवार, आषाढ १७ २०८३
  • काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेको छ।

    images

    निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाउने निर्णय गरेको हो। नयाँ मूल्यदर १७ गतेदेखि लागू हुनेछ।

    निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य घटाइएको छ। योसँगै काठमाडौं, पोखरा र दिपायल जस्ता तेस्रो वर्गका क्षेत्रहरूमा अब पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर १७७ रुपैयाँ र डिजेलको मूल्य १५५ रुपैयाँ कायम भएको छ।

    यसैगरी, उपभोक्ताको भान्छासँग जोडिएको खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ। अब उपभोक्ताले एक सिलिन्डर ग्यास २०६० रुपैयाँमा खरिद गर्न पाउनेछन्। हवाई इन्धन ९आन्तरिक० तर्फ पनि प्रतिलिटर ४० रुपैयाँले मूल्य घटाइएको छ।

    अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावट र भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्य अनुसार स्वचालित मूल्य प्रणाली बमोजिम यो समायोजन गरिएको निगमले जनाएको छ। निगमले ढुवानी दुरीका आधारमा देशका विभिन्न स्थानलाई तीन वर्गमा विभाजन गरी नयाँ मूल्य तोकेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार